प्रकाशमानको छाँयामुनि बैकुण्ठको लीला
वि.सं.२०८२ जेठ १३ मंगलवार
shares
काठमाडौँ । शहरी विकास मन्त्रालयका मन्त्री छन्, प्रकाशमान सिंह । काँग्रेसको तर्फबाट नेतृत्व गरेका सिंहलाई दुई चार करोडको खाँचो पनि छैन । तर, उनैको मन्त्रालयका एक उपसचिव दैनिकजसो बिचौलियासँग भेटिन्छन् ।
ती उपसचिवले मन्त्री र सचिवकै नाम बेचेर कमिसनको पोको बोकेको पनि धेरै भइसक्यो । जुनसुकै कार्यालयमा पुगेपनि ब्रह्मलुट गर्ने उपसचिव बैकुण्ठ उपाध्याय भौतिक पूर्वाधार मन्त्रालयमै रहँदा पनि ठेक्कापट्टामा प्रतिशत माग्ने अरोप खोपेका थिए । अहिले शहरी विकास मन्त्रालयमा उनले सरुवामै कुम्ल्याइरहेका छन् । माथि बुझाउन पर्छ भन्दै बिचौलियासँग साँठगाँठ गर्ने उपाध्यायका कतुर्त सहरीमा पुगेपछि पनि घटेको छैन । त्यसकारण पनि उनलाई अहिले शहरी विकास मन्त्रालयमा ‘छोटे डन’का रुपमा चिन्छन् ।
सँधै सुगम ठाउँमा मात्र बसेर अकुत आर्जन गरेका उपाध्यायलाई मन्त्रीकै संरक्षण भएको बताउने कर्मचारीहरू पनि छन् । अहिले कर्मचारी सरुवा गर्ने शाखामा हालिमुहाली गरिरहेका छन् उनी । त्यहीका एक कर्मचारीका अनुसार उनले राम्रो ठाउँमा सरुवा गर्ने भए आर्थिक सहयोग गर्नुपर्ने भन्दै प्रस्ताव गरेका थिए ।
यो विषय मन्त्री तथा सचिवसामु पुगेको छ । तर, यसबारेमा माथिल्लो निकायले चासो राखेको छैन । उपाध्यायको निर्देशनमा बाहिर खटाएका छ कर्मचारी युनियनको पहलमा पुनः फर्किएपछि दाममा कुछ काला है भन्ने उखान चरितार्थ भएको छ ।
































