आधुनिक प्रविधिको प्रयोग गरी सुनचाँदी, फलाम, काँच, छाला र काठलगायतका वस्तुको बजारीकरण गर्ने
वि.सं.२०८२ जेठ १५ बिहीवार
1.3K
shares
shares
काठमाडौं । सरकारले आधुनिक प्रविधिको प्रयोग गरी सुनचाँदी, फलाम, काँच, छाला र काठलगायतका वस्तुको बजारीकरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि सरकारले पुँजीगत अनुदान, सहुलियतपूर्ण कर्जा र सीप विकास तालिम दिने बताएका हुन् । उनले ५० करोड बजेट सरकारले व्यवस्थापन गरेको जनाए ।
सुनचाँदीको वस्तु निर्माण गरेर निकासी गर्ने उद्योगलाई बन्डेट ओयरहाउसको सुविधा दिइनेछ । मूल्यको ५० प्रतिशत विदेशी मुद्रा भुक्तानी ल्याएमा त्यस बराबरको सुनचाँदी खरिद गर्न पाउने सुविधा सरकारले दिने भएको छ ।






























