अर्थमन्त्रीकै निर्देशन चुनौती दिँदै अर्थका उपसचिव र बीमाका कार्यकारी अधिकृत बेलायतको मस्तीमा

3.4K
shares

 

 

काठमाडौं।बिहीबार मात्र अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट भाषण गर्दै सार्वजनिक संस्थाका पदाधिकारीहरू तथा कर्मचारीहरूलाई संस्थानको खर्चमा वैदेशिक भ्रमण जान र आर्थिक दायित्व बढ्ने गरी सेवा सुविधा बढाउन रोक लगाएको भनिरहेका थिए । तर, उनै मातहतका एक कर्मचारी अर्का एक पदाधिकारी च्यापेर फुत्तै विदेश उडे । त्यो पनि आइतबारको टिकट अगाडि सारेर उनीहरू कुलेलाम ठोकेपछि सिंहदरबारको अर्थ मन्त्रालय आसपासमा उनीहरूको बारेमा खुवै चर्चा चलेको छ ।

 

 

अर्थ मन्त्रालयकै एक उपसचिव अर्थमन्त्रीकै घोषणा विपरीत सामान्य कर्मचारी जानु पर्ने कार्यक्रममा विदेश उडेपछि उनी निक्कै शक्तिशाली भएको हुन सक्ने सबैले आंकलन गरेका छन् ।अर्थमन्त्रीले बजेट भाषण गरेकै भोलिपल्ट उनीहरू बेलायत जानुले यसलाई शङ्काको रूपमा हेरिएको छ ।
यसरी मन्त्रीलाई चुनौती दिँदै बेलायत पुग्ने उपसचिव हुन्, अर्थ मन्त्रालयका बोलराज आचार्य ।

आचार्य भने कर अधिकृत हुँदा अकुत सम्पत्ति आर्जनमा अनुसन्धानमा परेका कर्मचारी हुन् । उनको आर्थिक अवस्थाका बारेमा अहिले पनि उनका आफन्तहरू छक्क पर्ने गर्छन् । तर, उनले पैसा र पहुँचै भरमा स्रोत नखुलेको सम्पत्ति आर्जन अनुसन्धानपश्चात् तामेलीमा राख्न सकेको उनका समकक्षीहरू बताउँछन् ।

 

 

उनी बिमा कम्पनी लिमिटेडमा मन्त्रालयका तर्फबाट बोर्ड डाइरेक्टर छन् । त्यसो त उनीसँग राष्ट्रिय बिमा कम्पनी लिमिटेडका शिवहरि श्रेष्ठ पनि छन् । बेलायतमा भएको रिइन्सुरेन्सको कार्यक्रममा जाने भनेर उनीहरूले भ्रमण स्वीकृत गराएका छन् । यो कार्यक्रम सामान्य कर्मचारीहरूका लागि तालिम हो । तर, सरकारी खर्च दोहन गर्दै विधि र नीतिलाई धोती लाएर उनीहरू अहिले बेलायतमा कस्ती मारिरहेका छन् ।

 

 

 

स्रोतका अनुसार उनीहरूको टिकट आइतबारका लागि थियो र तर, बजेट भाषणमा विदेश भ्रमणको रोकावट हुने उल्लेख भएपछि समस्या पर्ला भनेर उनीहरूले टिकट शुक्रवारका लागि सारेर उडेका हुन् ।उनीहरूको भ्रमणमा पुनर्बिमा कम्पनीको तालिममा जाने उल्लेख छ । तर, यस्तो तालिमको उनीहरूको आवश्यकता नै हुन्न ।

 

 

राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवहरि श्रेष्ठले २०८१ वैशाख १४ गते नियुक्ति पाएका थिए । उनी अहिले ६७ वर्षका भए ।

civil hospital
Hams Hospitals