नेपाल टेलिकमको बिलिङ प्रणालीमा भ्रष्टाचार : प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध मुद्दा

34.7K
shares
Nabil bank

 

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको ठहर गर्दै नेपाल टेलिकमकी वर्तमान प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

आयोगले आइतबार दायर गरेको मुद्दामा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि प्रतिवादीको सूचीमा रहेका छन्। पौडेलमाथि पहिले नै भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर भइसकेको थियो। उनी निलम्बनमा गएपछि २०८१ सालको भदौ महिनामा सरकारद्वारा संगीता पहाडीलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको हो।

 

अख्तियारका अनुसार टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भारसम्बन्धी ठेक्का अवधि अनियमित तरिकाले लम्ब्याइएको, प्रक्रिया बिनाको निर्णय र सेवाप्रदायक कम्पनीलाई लाभ पुग्ने गरी निर्णय गरिएको आरोप छ। सो कार्यमा संलग्न अधिकारीहरूको मिलेमतोबाट राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

 

मुद्दामा अख्तियारले जम्मा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो माग दाबीसमेत पेश गरेको छ।

 

यस प्रकरणमा संलग्न अन्य अधिकारी तथा सम्बन्धित फर्मका प्रतिनिधिहरूको नामसमेत अभियोगपत्रमा उल्लेख गरिएको अख्तियार स्रोतले जनाएको छ। अब विशेष अदालतमा सुनुवाइपछि मात्र दोषी वा निर्दोषको टुंगो लाग्नेछ।

 

यो प्रकरणले सरकारी स्वामित्वको ठूला संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासनको आवश्यकता अझ गहिरो रूपमा उठान गरेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x