पूर्वराजाको क्यारिकेचर गर्ने कलाकारलाई धम्की

34.6K
shares
Nabil bank

काठमाण्डौ।कमेडी कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेका कलाकार प्रभात लामा राजावादी समूहको निशानामा परेका छन् । ‘कमेडी नाइट विथ च्याम्पियन’ नामक लोकप्रिय हास्य कार्यक्रमको पछिल्लो भागमा पूर्वराजाको नक्कल प्रस्तुत गरेपछि कलाकार लामाले धम्की पाएको दाबी गरेका छन् ।

उनका अनुसार क्यारिकेचर प्रशारणपछि आफूमाथि फोन र मेसेजमार्फत् धम्की आउने क्रम शुरु भएको हो । लामाले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै भनेका छन्, “म गणतान्त्रिक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले राष्ट्रपति वा प्रधानमन्त्रीको पनि व्यंग्य गर्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्नु आपत्तिजनक कसरी भयो ?”

कार्यक्रमको मध्यभागमा कलाकार लामा पूर्वराजाको अवतारमा प्रस्तुत भएका थिए । सो क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, तथा राजावादी आन्दोलनका नेताहरूमाथि समेत व्यंग्य गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य खुश्बु ओली तथा स्वागत नेपाल अतिथि थिए । उक्त व्यंग्य प्रस्तुति पछि कार्यक्रम सामाजिक सञ्जालमा भाइरल बन्यो, तर यसले केही राजावादीलाई खट्किएको देखिन्छ ।

कलाकार लामाले व्यंग्यलाई व्यक्तिगत र राजनीतिक घृणाको रूपमा नबुझ्न आग्रह गर्दै भनेका छन्, “कार्यक्रम केवल मनोरञ्जनको लागि तयार पारिएको हो, कसैको राजनीतिक अभिष्ट पुरा गर्न होइन ।”

उनी भन्छन्, “पूर्वराजालाई आदर र सम्मान गर्नुपर्ने कुरामा दुईमत छैन । उहाँ हजुरबुबाजस्तै हुनुहुन्छ । तर, कलाकारको भूमिका भने समाजका विविध पक्षको चित्रण गर्नु पनि हो ।”

कलात्मक अभिव्यक्तिलाई धम्कीमार्फत् रोक्ने प्रयास लोकतान्त्रिक मूल्यमान्यताको विपरित भएको टिप्पणी सामाजिक सञ्जालमा पनि व्यापक रूपमा देखिएको छ । कलाकार लामाले चेतावनी शैलीमा लेखेका छन्, “तपाईंको राजा आउनुअघि नै यस्तो रवाफ देखाउनुहुन्छ भने साँचो राजा आएको दिन के गर्नुहुन्छ?”

यस घटनाले अभिव्यक्ति स्वतन्त्रता र हास्यकलाको स्वतन्त्रताको सीमा र सुरक्षा विषयमा बहस चुलिएको छ । कलाकार लामा जस्ता हास्यकर्मीहरूलाई धम्की दिने अभ्यासले लोकतान्त्रिक समाजमा भयको वातावरण सिर्जना गर्ने चिन्ता विज्ञ र सामाजिक अगुवाले पनि जनाएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x