संघीय निजामती सेवा विधेयक अघि बढाउन माग गर्दै निजामती कर्मचारी संगठनको ध्यानाकर्षण

1.7K
shares
Nabil bank

काठमाडौं ।नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा विधेयक संसदबाट छिटो पारित गर्न माग गर्दै सार्वजनिक रूपमा ध्यानाकर्षण गराएको छ। संगठनले आज जारी गरेको प्रेस विज्ञप्तिमा संघीयता कार्यान्वयन गर्न र तीनै तहमा कर्मचारी व्यवस्थापन प्रभावकारी बनाउन विधेयक तत्काल अघि बढाउनुपर्ने उल्लेख गरिएको छ।

संगठनले भदौ २२ गते सम्पन्न प्रतिनिधि सभा बैठकमा उठाइएको संघीय निजामती सेवा विधेयकसम्बन्धी विषयको स्वागत गर्दै सम्बन्धित समितिले विधेयकमा गरिरहेको छलफल सकारात्मक रहेको जनाएकाे छ। तर विधेयकको कार्यान्वयन नभएसम्म राज्य प्रणाली नै अलमलमा पर्ने भन्दै संगठनले थप ढिलाइ नगर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “विगतमा धेरै संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई पदपूर्ति, सरुवा, बढुवा, वृत्तिविकासलगायतमा समस्या आएको छ। तर विधेयक अघि नबढ्दा कर्मचारी व्यवस्थापनमा अन्योलता कायम छ।”

संगठनले सबै कर्मचारीको चासो सम्बोधन हुने गरी, समान अवसरको सुनिश्चितता हुने गरी, सेवाको निरन्तरता र मर्यादामा असर नपर्ने गरी विधेयक पास गर्नुपर्ने पनि माग गरेको छ। साथै, सेवा अवधि ६० वर्ष कायम गर्न, बढुवाको अवसर ५० प्रतिशत खोल्न, अस्थायी पदमा स्थायीकता दिन, स्थानीय तहमा सेवा स्थायीत्व कायम गर्नेतर्फ विशेष जोड दिएको छ।

महासचिव ऋषि सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघीय निजामती सेवा विधेयक पारित नहुँदासम्म कर्मचारी क्षेत्रमा असन्तोष बढ्ने चेतावनी दिँदै सरकारलाई संयमपूर्वक विधेयक अघि बढाउन आग्रह गरिएको छ।

civil hospital
Hams Hospitals