डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ टेलिश्रंखला हेर्न सकिने
वि.सं.२०८२ असार १७ मंगलवार
shares
काठमाडौं । टेलिभिजन सेवा प्रदायक डिशहोमको रमाइलो टिभीले लोकप्रिय टेलिभिजन श्रृंखला ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ ।
यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ देखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुने छ । ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए ।
‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक संख्या प्राप्त गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको श्रृंखला हो । यस श्रृंखलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो । ‘रामायण’ ले २०२० मा कोरोना लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकै दिन ७.७ करोड दर्शक संख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।
डिशहोमले आफ्ना ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रसारण गर्ने गरेको बताउँदै यसै क्रममा डिशहोमको ग्राहकहरुले यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा आफ्नै च्यानल रमाइलो टिभीमा हेर्न पाउने बताएको छ । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरुको लागि मात्र उपलव्ध रहेको छ । आजै डिशहोम जडान गरेर डिशहोमको ग्राहक बनि अन्य कुनै माध्यममा उपलव्ध नरहेको विभिन्न कार्यक्रमहरुको मज्जा लिन सक्नुहुनेछ ।
































