वैदेशिक रोजगार विभागमा सुधारको काम जारी
वि.सं.२०८२ असार ३० सोमवार
shares
काठमाडौं ।वैदेशिक रोजगारी विभागले पछिल्लो समय सुधारका काम सुरु गरेको छ । विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित कार्यहरूलाई थप व्यवस्थित, पारदर्शी र सेवामुखी बनाउने दिशामा १० मुख्य कामहरू सम्पन्न गरेको छ । वैदेशिक रोजगारका क्षेत्रमा सुधारका यी प्रयासले सेवा लाभग्राहीहरूलाई थप सहज, पारदर्शी र जवाफदेही सेवा प्रदान गर्न मद्दत पुगेको विभागको विश्वास छ ।
विभागले वैदेशिक रोजगारीका लागि अनुमतिप्राप्त मुलुकहरूको संख्या बढाएर १ सय ११ पु–याएको छ । भने व्यक्तिगत तवरबाट १ सय ९५ मुलुक खुला गरिएको जनाएको छ । चालु आर्थिक वर्षको हालसम्म ७ लाख ८२ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति पाइसकेका छन् ।
त्यसैगरेर संस्थागत श्रम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरिएको बताईन्छ । वैदेशिक रोजगारीमा जाने क्रममा उत्पन्न हुने समस्या समाधानका लागि मन्त्रालयको समन्वयमा ‘डेडिकेटेड सवारी सजगता’ सेवा समेत सुरु गरिएको छ ।
गुनासो तथा आपतकालीन समस्या समाधानका लागि द्रुत टिम गठन गरिएको छ । विभागलाई विशिष्ट क्षेत्रको रूपमा घोषणा गरिएको छ । साथै, कार्यालय अनुशासन, कार्यसम्पादन अनुगमन, र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने प्रणाली निर्माण गरिएको छ । यसै प्रणालीमा गुनासो आएपछि थप प्रभावकारी बनाईएको महानिर्देशक कमल भट्टराईले जानकारी दिए ।
मुद्दा शाखालाई आधुनिकीकरण गरिनुका साथै गुनासो समाधानका लागि जिम्मेवार अधिकृत तोकिने प्रकृया सुरु भएको छ । इजाजत शाखाको काम नियमित अनुगमनमार्फत थप प्रभावकारी बनाइएको छ ।
































