एक वर्षमा पाँच हजार भन्दा धेरै कर्मचारी चीन उडे, उपलब्धी शून्य

21.9K
shares
Nabil bank

काठमाडौं । गत आर्थिक बर्षमा मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत करिब पाँच हजार सरकारी कर्मचारी चीन भ्रमणमा गएका रहेछन् । नेपाल सरकारको नियमित तलब खानुका साथै उनीहरूले चीनबाट अतिरिक्त भत्ता पनि पाएका छन् । तर, त्यहाँ गएर प्राप्त ज्ञान र सीपलाई नेपालमा कार्यान्वयन गर्न कोही पनि लागेको देखिएन् । कतिसम्म भने उनीहरुले भ्रमणपछि एउटा सामान्य प्रतिवेदन पनि बुझाएको पाईएन ।

 

 

स्रोतका अनुसार, मन्त्रालयको समन्वयमा विभिन्न तालिम र अध्ययन भ्रमणका नाममा कर्मचारीहरूलाई चीन पठाइएको हो । तर भ्रमणमा सहभागी अधिकांश कर्मचारीले चीनबाट सिकेका नवीनतम प्राविधिक सीप, प्रशासनिक सुधारका विधि र योजनाहरूलाई आफ्नै कार्यक्षेत्रमा लागू गरेको पाईदैन । यता तलव र उता भत्ता खान मात्र जाने, तर व्यवहारिक ज्ञानलाई कार्यान्वयन नगर्ने प्रवृत्तिले चीन भ्रमणको उद्देश्य विफल बनाएको एक पूर्वसचिवले बताए ।

 

 

विगतमा पनि सरकारी कर्मचारीहरू विदेशी भ्रमणलाई ‘विदेश घुम्ने अवसर’का रूपमा लिने प्रवृत्ति देखिँदै आएको छ । अध्ययन भ्रमण र प्रशिक्षणमा लाखौं खर्च भए पनि त्यसबाट प्रशासनिक सुधार र जनसेवामा खासै सुधार आएको छैन । नागरिक समाज र पूर्वप्रशासकहरूले यस्ता भ्रमणलाई ‘निजी रमाइलो’मा सीमित गरिएको भन्दै आएका छन् ।

 

 

मन्त्रालयले भने चीन भ्रमणलाई ज्ञान र अनुभव आदानप्रदानका दृष्टिले महत्वपूर्ण मानेर पठाएको बताएको छ । तर, भ्रमणको प्रभावकारिता मापन गर्ने कुनै ठोस प्रणाली मन्त्रालयसँग छैन । कर्मचारीलाई नयाँ सीप र दृष्टिकोण दिलाउन पठाएको तर, कार्यान्वयन नहुनु व्यक्तिगत जिम्मेवारी भएको मन्त्रालयका एकसहसचिवले बताए ।

 

 

विशेषज्ञहरूका अनुसार, विदेशी भ्रमणलाई प्रभावकारी बनाउन स्पष्ट योजना, सिकेका सीपको प्रतिवेदन, र कार्यान्वयनको अनिवार्य खाका हुनुपर्छ । अन्यथा दाताको पैसा र समय दुवैको दुरुपयोग मात्र हुन्छ ।

 

 

जनताले प्रत्यक्ष अनुभूति गर्ने सुधार देखिएन भने यस्ता भ्रमण केवल मोजमस्ती र सरकारी सुविधाको नाममा विदेशी घुमघाममै सीमित हुने छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x