सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ साउन २० मंगलवार
shares
काठमाडौँ । साताको तेस्राे कारोबार दिन साेमबार नेपाली बजारमा छापावाल सुन र चाँदी दुबैकाे भाउ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबारका लगि तय भएकाे याे भाउकाे तुलनामा सुन ताेलामा १ हजार ९०० रूपैयाँ र चाँदीमा २५ रूपैयाँ वृद्दि भएकाे हाे ।
यससँगै मंगलबार एक ताेला छापावाल सुन खरिदका लागि ग्राहकले १ लाख ९८ हजार रूपैयाँ ५०० र एक ताेला चाँदी किन्न २ हजार २८० रूपैयाँ खर्चिनुपर्ने भएकाे छ ।
हिजाे साेमबार छापावाल सुन ताेलाकाे १०० रूपैयाँले बढेर १ लाख ९६ हजार रूपैयाँ ६०० रूपैयाँ र चाँदीकाे मूल्य ५ ले बढेर २ हजार २५५ रूपैयाँमा खरिद बिक्री भएकाे थियाे ।
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा तय गरिन्छ । साेमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,३७१.७१ अमेरिकी डलर र चाँदी ३७.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




























