Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नाइमा अटो शोको हरिविजोग,युवती शो कि नाइमा अटो शो

3.3K
shares

 

काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा नाइमा अटो सो सञ्चालनमा ल्याइएको छ। करोडौँका गाडीहरुको सोही स्थानमा प्रदर्शन गरिन्छ । साथै यसमा अधिकतम छुट पनि दिइएको हुन्छ ।

 

नाइमा अटो सोमा चिप्ला गाडीहरुसँगै चिल्ला मोडलहरुको प्रदर्शनी गर्ने होड्बाजी पनि उत्तिकै छ । हरेक सवारीमा घुम्न आउनेहरुको नजर परोस् भन्ने हेतुले चर्को मूल्य तिरेर राम्री–राम्री मोडलहरु राखिएका हुन्छन् । यस वर्ष पनि अहिले पुनः नाइमा अटो सो सम्पन्न भएको छ । वास्तवमा यो अटो सो पुराना र कमसल बिकाउने सो बनिरहेको छ ।

 


सर्वसाधारणलाई ठग्नकै लागि कमसल सामग्रीसहितको नाइमा अटो सो आयोजना हुने गरेको कमैलाई जानकारी छ । नाइमाका चिप्ला सोरुमहरु आफैँमा पनि बिकाउ हुन् । ती सोरुमहरुले वर्षैभरी सर्वसाधारणलाई ठगेकै हुन्छन् । विभिन्न देशबाट सस्तोमा किनेर ल्याउने र अटो सोको क्रममा बिकाउने चलनचल्तीलाई हरेकले स्वीकार गरिरहेको देखिन्छ ।

उनीहरुको गलतको पर्दा फाल्न नसकेर पनि यस्तो भएको होला । देशका ठूला मिडियालाई करोडौँको विज्ञापन दिएर पहिले चुप लगाउँछन् । यसपछि उनीहरुले नाइमा अटो सो आयोजना गर्छन् । यो अटो सो देशको सबैभन्दा महँगो अटो सो हो । अर्बौँ रुपैया बराबरको अटो सो आयोजना गर्ने पैसा कहाँबाट आयो ? खोजी गर्न आवश्यक छ । यसको खोजी हुन सकेको छैन ।

यस वर्ष पनि विभिन्न मोडलका गाडीहरु खरिदमा विभिन्न अफर चलिको थियो । कतिपयले पुराना गाडीहरु साट्न चाहेका हुन्छन् । उनीहरुलाई नयाँ गाडीको नाममा चिल्लो कलर लगाइएको कमसल गाडी दिइन्छ । र, सोही गाडीको कलर परिवर्तन गरेर अर्को वर्ष सोही सेलमा बिक्री वितरण गरिन्छ । यसलाई अझ वेस्ट स्पोट एक्सचेन्ज सुविधा नाम दिइएको छ ।

 

सबैभन्दा बढी गाडीहरु भन्सार छलेर आएका हुन्छन् । काही भन्सार छुटमा आएका हुन्छन्, कमसल गाडीहरुलाई भन्सारमा छुट दिइन्छ । तिनै गाडीलाई ल्याएर बिगसेल मेला नाइमा अटो सोमा प्रदर्शनीका लागि राखेर नेपाली ग्राहकलाई मुर्गा बनाइन्छ । यो विगतदेखिकै प्रवृत्ति हो । १० लाख नपर्ने कमसल गाडीहरुलाई १० करोड रुपैयाँ असुल्ने गरेका छन् । सोझा नेपालीलाई हेर्दाहेर्दै आँखै अगाडि ठग्ने गरेका छन् । जसमा बिभिन्न ब्रान्ड लगायत कम्पनीहरुले सर्वसाधारणको आँखामा छारो हाल्ने गरेका छन् ।

 

 

यसै सन्दर्भलाई लिएर गाडी बिक्री गर्ने नाममा कसैका छोरी चेलीलाइउ नाङ्गो बनाउने गरेको भन्दै महिला अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । लामो समयदेखि महिला हक हितमा काम गर्दै आएकी अधिकारकर्मी अपेक्षा गिरी भन्छिन्, “बिजनेस प्रमोसनका नाममा महिलालाई अर्धबश्त्र लगाएर उभ्याउने प्रवृत्ति कदापि सहि मान्न सकिन्न। यो महिलादिदि बहिनीका लागि घुमाउरो अपमान हो।”

 

आर्थिक अभावका कारण थोरै पैसामा पनि सार्वजनिक ठाउँमा छोटा लुगा लगाएर कसैको ब्यापार प्रबर्द्धन गर्न उभिनु महिलाको बाध्यता रहेको उनको गुनासो छ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

नाइमा मोबिलिटी एक्स्पो उद्घाटनमै आलोचना: प्रचार भव्य, व्यवस्थापन शून्य!

civil hospital
Hams Hospitals