असन्तुष्ट समूहको अडान—मन्त्री नबनाए विश्वासको मतमा सहयोग हुँदैन

68.6K
shares
Nabil bank

काठमाडौँ । नेपाली कांग्रेसबाट निर्वाचित बागमती प्रदेशका १४ सदस्यहको शनिबार दिउँसो काठमाडौँमा बैठक बस्दैछ । आफ्नै सरकार र बहुमत हुँदाहुँदै कांग्रेसकै केही सदस्यहरुको स्वार्थका कारण मुख्यमन्त्रीबाट बहिर्गमन हुनु परेका बहादुर सिंह लामा पक्षधर १४ प्रदेश सभा सदस्यको बैठक बस्न लागेको हो ।

नागपञ्चमीको दिनका कांग्रेस प्रदेश सभा सदस्य तथा बागमती पार्टी सभापति ईन्द्रबहादुर बानियाँले संसदीय दलका नेता बन्ने अभ्यास गरेर लामालाई अल्पमतमा पारेपछि असन्तुष्ट १४ सदस्यहरु बागमती प्रदेश सरकारमा बानियाँको मनोपोलीविरुद्ध एकीकृत छन् ।

उनीहरुको माग पूरा नभए गाईजात्राका दिन लामा समूह बानियाँ पक्षलाई गाईजात्रा देखाइदिने तयारीमा छलफल भइरहेको बुझिएको छ । यीमध्ये रामकृष्ण चित्रकार मात्रै अमेरिकामा छन् । बाँकी सबै नियमित छलफल र सम्पर्कमा छन् ।

अल्पमतमा परेपछि बहादुर सिंह लामाले नियुक्ति दिएका तीन मन्त्रीलाई बानियाँ सरकारमा सहभाग्री गराउने भनेर कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सहमति भए पनि बानियाँले सहमति लत्याएको भन्दै लामाले हेटौंडामै साउन २० गते असन्तुष्टि व्यक्त गरेका थिए । उनी पार्टी सभापति देउवासँग छलफल गर्ने भनेर काठमाडौं हिँडेका थिए ।

तर यो बीचमा लामाको सरकार ढाल्न सहयोग गर्ने मन्त्रीहरुलाई प्रमुख सचेतक, संसदको सचिवलगायतका पद बाँडेर बानियाँले सहमतिमा चासो नदिएपछि असन्तुष्टहरुले शनिबार बैठक बसेर टुंगोमा पुग्ने निर्णय गरेका छन् ।

उनीहरुको पुरानै एजेन्डा लामाले प्रदेश सभा सदस्य गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त गरेको र उनीहरुको मन्त्रिमण्डलमा सहभागिता हुनु पर्ने माग छ ।

उनीहरु सहभागी नभए मुख्यमन्त्री बानियाँले सोमबार विश्वासको मत लिने दिन असहयोग गर्ने असन्तुष्ट पक्षको योजना छ । ‘दिउँसो हामी छलफल गर्नेछौँ र निष्कर्षमा पुग्नेछौँ,’ लामा सरकार अर्थमन्त्री एवम् प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले भने ।

असन्तुष्ट १४ जनाले नै मुख्यमन्त्री लामालाई प्रदेश सभा सदस्यबाटै राजीनामा बुझाइसकेको र यो राजीनामा बागमती प्रदेश सभाका सभामुख र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउनेसम्मको तयारी रहेको बताइएको छ । तीन जना मन्त्री बानियाँ सरकारमा सहभागी नै उनीहरुको पहिलो एजेन्डा हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x