हरेक बिलमा कमिसन माग्ने कम्पनी रजिस्टर कार्यालयकी लेखा प्रमुख शारदा पाण्डे
वि.सं.२०८२ साउन २७ मंगलवार
shares
काठमाडौं । कम्पनी रजिस्टर कार्यालयकी लेखा प्रमुख शारदा पाण्डेमाथि हरेक बिल पारित गर्दा बढिमा ५० प्रतिशतसम्म घुस माग गर्ने गरेको आरोप लागेको छ। विभिन्न कम्पनीले कार्यालयमा पेश गर्ने बिलमा कम्पनीले तोकेको दरभन्दा बढी रकम देखाइ, सो रकमको आधा हिस्सा आफूलाई उपलब्ध गराए तुरुन्त बिल पास गरिदिने गरेको पाइएको छ । पाण्डेले खुलेआम प्रस्ताव गर्ने गरेको एक पीडितले जनाएका छन्।
पाण्डेले आफूलाई घुस नदिने मिडियाको हकमा भने, कम्पनीले स्वीकृत गरेको बिल रकममै समेत कटौती गर्ने गरेकी छिन्। एक मिडिया प्रतिनिधिले पाण्डेबाट प्रत्यक्ष रूपमा `५० प्रतिशत दिए तुरुन्त बिल पास हुन्छ´ भन्ने प्रस्ताव गरेको बताए । पाण्डेले सो रकम कम्पनी रजिस्ट्रार देवीप्रसाद सुवेदीलाई समेत बुझाउनु पर्ने र बाँकी रकम अन्य सरोकारवालासँग बाँडफाँड हुने गरेको पनि बताउने गरेको एक भुक्तभोगीले बताए ।
यसअघि हरिहर भवनस्थित खाद्य विभागमा कार्यरत हुँदा पनि पाण्डे यस्तै प्रकारका अनियमित गतिविधिमा संलग्न रहेको पाइएको थियो। हाल कम्पनी रजिस्टर कार्यालयमा उनी मिडियाका बिलहरूमा ५० प्रतिशत रकम असुल्ने कार्य निरन्तर गर्दै आएको आरोप लगाइएको छ।।
सार्वजनिक पदमा बसेका अधिकृतबाट हुने यस प्रकारका घुस र भ्रष्टाचारका घटनाले राज्यकोषमा मात्र होइन, सार्वजनिक विश्वासमा समेत गम्भीर आघात पु¥याउने सरोकारवालाहरूको भनाइ छ। यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गर्नुपर्ने माग पनि उठेको छ।
हाल कम्पनी रजिष्ट्रार कार्यालयले बेभसाइटमा कुनै पनि कर्मचारीहरूको फोटो समेत राखेको छैन । अवैध रकम असुलेको आरोपित यहाँका कर्मचारीहरु एक पछि अर्को बदनाम हुँदै गएका छन् ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:


























