राष्ट्रिय बीमा कम्पनीको नाफा ३२% घट्यो
वि.सं.२०८२ साउन २९ बिहीवार
shares
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको खुद नाफा गत आवमा ३१.८३ प्रतिशतले घटेको छ। अघिल्लो आवमा ६२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा २० करोडले घटेर ४२ करोड ७६ लाख रुपैयाँमा झरेको हो।
गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ३१ करोड १० लाख रुपैयाँबाट २०.४५ प्रतिशतले घटेर २४ करोड ७४ लाख रुपैयाँमा झरेको छ। यद्यपि बीमा कोषको आकार भने ६६ करोड ३२ लाख रुपैयाँबाट बढेर २ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
गत वर्ष कम्पनीको कुल आम्दानी १ अर्ब ३० करोड रुपैयाँबाट २० प्रतिशतले घटेर १ अर्ब ४ करोड रुपैयाँमा झर्दा कुल खर्च भने ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ४७ करोड ४५ लाख रुपैयाँ पुगेको छ।
गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी पनि २३५.२७ रुपैयाँबाट ७४.८९ रुपैयाँले घटेर १६०.३८ रुपैयाँमा झरेको छ। प्रतिशेयर नेटवर्थ ६ हजार ४८९.०८ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा ३ अर्ब १५ करोड, महाविपत्ति कोषमा ६९ करोड २२ लाख र जगेडा कोषमा २ अर्ब ४७ करोड रुपैयाँ रहेको छ।
राष्ट्रिय बीमा कम्पनी ध्वस्त पार्न सकृय व्यवस्थापन र सञ्चालक


































