Banner ad for NADA AUTO SHOW -2026

सुनको मुल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज

1.4K
shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

 

आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

बिहीबार सुन तोलामा एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला दुई हजार २९० रुपैयाँमा कायम भएको थियो ।

civil hospital
Hams Hospitals