रास्वपा नेता नक्कली प्रमाणपत्र काण्डमा पक्राउ

6.3K
shares

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल समातिएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले उनलाई हिजो चितवनबाट नियन्त्रणमा लिएको हो।

 

कालिका नगरपालिका-५ पदमपुर घर भएका कँडेल रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक छन् । उनले नेपाल र भारतका विभिन्न विश्वविद्यालयको नक्कली सर्टिफिकेट बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

प्रहरीले साउन ३० गते रुपन्देहीको बेलसिया बसपार्कबाट विभिन्न विश्वविद्यालयका सयौँ नक्कली ट्रान्सकिप्टसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो । ती भारतीयमाथि अनुसन्धान हुँदा उनले कँडेलका लागि काम गर्दै आएको बयान दिएपछि यस्तो खुलासा भएको हो ।

 

 

आफ्नो नामको अघि डाक्टर लेख्दै आएका कँडेल पूर्व शिक्षक तथा प्राधानाध्यापकसमेत हुन् । उनले पछिल्लो समय चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपाल’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएको बताइन्छ ।

 

 

खासगरी वैदेशिक रोजगारीको लागि युरोप जानेहरुको लागि  उनले नक्कली प्रमाण पत्र बनाइदिने गरेको बताइएको छ ।

civil hospital
Hams Hospitals