“पीडा लुकाएर अरूलाई खुशी दिने साथी” — दीपकराजको भावुक संदेश
वि.सं.२०८२ भदौ ७ शनिवार
shares
काठमाडौं। चर्चित हास्य कलाकार दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिनको अवसरमा आत्मीय शुभकामना व्यक्त गरेका छन्। उनले दीपालाई पीडा लुकाएर अरूलाई खुशी दिने असल साथीका रूपमा चित्रण गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गिरीले शुभकामना व्यक्त गर्दै लेखे, “कति नै चुनौती, अवरोध र प्रश्नहरूको बीचमा पनि निरन्तर आफ्नो कर्ममा समर्पित रहँदै उत्कृष्टता देखाउने तिमीलाई मेरो सलाम।”
दीपाश्रीको गुणगान गर्दै उनले भावनात्मक शैलीमा थपे, “तिमी सबैलाई दया गर्ने, आफ्ना सुविधाभन्दा समर्पण रोज्ने, भविष्यको होइन वर्तमानको जीवन जिउने, पीडा लुकाएर पनि हाँस्ने, काँडा आफैं सहेर अरूलाई फूल दिने, खुशी सापट दिएर पनि बिर्साइदिने अद्वितीय साथी हौ।”
त्यसैगरी, समाज आधुनिक देखिए पनि अझै पनि पुरुष र महिलाबीचको मानसिक विभेद कायम रहेको भन्दै गिरीले असन्तोष प्रकट गरे। महिलाको उपलब्धि र क्षमताप्रति शंका गर्ने प्रवृत्ति, र व्यक्तिगत जीवनलाई बढी चर्चा गर्ने संस्कृतिप्रति उनले आलोचना गरे।
गिरी र निरौला लामो समयदेखि नेपाली हास्य–व्यंग्य क्षेत्रका सफल सहकर्मी तथा सर्जकका रूपमा सक्रिय रहँदै आएका छन्।











![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-312x224.jpg)






![सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित] सशस्त्र प्रहरीका १३ डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://singhadurbarnews.com/wp-content/uploads/2025/07/police-1-150x150.jpg)










