अख्तियार र प्रधानमन्त्री कार्यालयकै नाम बेचेर राजस्व अनुसन्धानमा मस्ती
वि.सं.२०८२ भदौ ११ बुधवार
shares
काठमाडौँ ।अख्तियारको पहुँच देखाउँदै व्यापारीहरूसँग रकम असुल गर्ने राजस्व अनुसन्धान विभागका निर्देशक नवराज अधिकारीको अवैध काम थप खुलासा भएको छ ।
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसँग प्रत्यक्ष पहुँच भएको भन्दै अधिकारीले असुल्ने गरेको एक व्यवसायीले बताए । राईको साली नाता पर्ने व्यक्ति भन्दै अधिकारीले व्यवसायीलाई चिनाउने पनि गरेका छन् । उनैमार्फत व्यवसायीलाई फसाउने र रकम उठाउने काम चलिरहेको छ ।
व्यवसायीहरूका अनुसार अख्तियार पनि आफ्नै हो भन्दै रकम असुल गरिँदै आएको छ । जागिरे जीवनको छोटो अवधिमा काठमाडौँमा बंगला खरिद गर्नुले पनि यसको पुष्टि गरेको छ । सिंहदरवारन्यूजलाई प्राप्त घरको फोटो अनुसार यसको लागत महंगो नै पर्ने देखिन्छ ।
अधिकारीले रकम उठाउँदा प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवरसँग नजिकको सम्बन्ध रहेको भन्दै धाक देखाउने गरिएको व्यवसायीहरूको आरोप छ ।
राजस्व प्रशासनका संवेदनशील अड्डाहरूमा मात्रै काम गर्दै आएका अधिकारी हाल राजस्व अनुसन्धान विभागमा निर्देशकका रूपमा कार्यरत छन् । छोटो अवधिमै राजधानीमा घरजग्गा किनेर विलासी जीवनशैली देखाउनु नै असुलीको प्रत्यक्ष प्रमाण भएको व्यवसायीहरू बताउँछन् ।
लोकसेवा तयारी कक्षा सञ्चालन गरेरै आम्दानी गर्छु भन्ने प्रचार गर्ने अधिकारीले वास्तविकतामा व्यापारीसँग उठबस गरेर पैसा असुल्ने गरेको आरोप छ ।
यसरी अख्तियारजस्तो संवेदनशील निकायको नाममा चलाइने असुलीले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामै शङ्का उत्पन्न भएको छ । व्यवसायीहरूले तत्काल यस्ता असुली कार्यमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।
२०७९ साउन १७ गतेदेखि विभागमा मस्ती गरिरहेका अधिकारी यहाँ कार्यरत हुँदा ६ जना महानिर्देशक फेरिएका छन् । उनलाई पनि कसैले पनि हटाउन सकेका छैनन् । सामान्यतया एउटा कार्यालयमा दुई वर्ष एकजना कर्मचारी बस्न पाउँछन् । आर्थिक चलखेल हुने विभागमा लामोसमय बस्नु नै नियतमा खोट देखिन्छ ।
हरेक महानिर्देशकले उनलाई आफ्नै ‘विश्वासिलो पात्र’ बनाएर व्यवसायीसँग उठाउने रकममा परिचालन गरेको चर्चा छ । अहिलेका महानिर्देशकले पनि उनैलाई प्रयोग गर्न थालेको चर्चा छ ।
साविक गण्डकी अञ्चल घर भएका अधिकारी (कर्मचारी संकेत नम्बर २०५०९३) प्रारम्भमा जिल्ला अदालतमा डिठ्ठा भएर सरकारी सेवामा प्रवेश गरेका थिए । अर्थ मन्त्रालयमा प्रवेश गरेयता उनी कहिल्यै ‘कमजोर अड्डा’मा बस्नुपरेको छैन । त्रिभुवन विमानस्थल भन्सार, न्यूरोड आन्तरिक राजस्व, लाजिम्पाटस्थित आन्तरिक राजस्व कार्यालयदेखि पश्चिमाञ्चल क्षेत्रीय राजस्व अनुसन्धानसम्म उनको नाम अकुत आर्जन गर्ने कर्मचारीको सूचीमा बारम्बार जोडिन्छ ।
राजधानीको कोटेश्वर नजिक करोडौँ मूल्यको बंगला खरिद गरेको चर्चा सार्वजनिक भएपछि अधिकारीको सम्पत्तिबारे प्रश्न झन् तीव्र बनेको छ । व्यवसायीहरूसँग मासिक रकम असुल्ने, पत्रकारलाई पाल्ने, भित्रि सूचना चुहाउनेदेखि प्रधानमन्त्री कार्यालयसम्म पैसा लैजानुपर्ने भन्दै धम्की दिने शैलीसमेत उनको कार्यशैलीसँग जोडिन्छ । राजनीतिक रुपमा पनि बहुरङ्गीको पहिचान बनाएका अधिकारी काग्रेस,एमाले र माओवादी तीनै भातृ सगठनको सदस्यता बोकेर हिड्छन ।
हालै चर्चामा आएको भेप काण्ड मा मुद्धा खेपिरहेका शिल्क कम्पनीका मालिक रमेश शेर्पासँगको साँठगाँठसमेत अधिकारीमाथि लागेको अर्को गम्भीर आरोप हो । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘अधिकारीले सहसचिव चुडामणि शर्माकै शैलीमा अकुत सम्पत्ति आर्जन गरेका छन्।’
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
राजस्व अनुसन्धान विभागका अधिकारीले ६ महानिर्देशक फेरे, जागिरको दश वर्षमै करोडौँको बङ्गला




























