संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा पराजुली
वि.सं.२०८२ भदौ ११ बुधवार
2.8K
shares
shares
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी प्रशासन महासाखाको जिम्मेवारी सहसचिव कालिप्रसाद पराजुलीले पाएका छन् ।
मन्त्री भगवती न्यौपानेले स्वच्छ छवि, निष्ठा र दक्षताका आधारमा कालि प्रसाद पराजुलीलाई महासाखा प्रमुखको जिम्मेवारी दिएको जानकारी दिईन् ।
पराजुली लामो समयदेखि सरकारी सेवामा विभिन्न तह र निकायमा काम गर्दै आएका छन् ।
मन्त्रालयभित्र कर्मचारी व्यवस्थापन, सुधार र पारदर्शिता कायम गर्न पराजुलीको नेतृत्व महत्वपूर्ण हुने मन्त्रीको विश्वास छ ।
यसअघि महासाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका पिताम्वर घिमिरेको श्रम मन्त्रालयमा सरुवा भएको छ।





























