राजस्व अनुसन्धान विभागमा वर्षौंसम्म किन टिक्छन् यी कर्मचारी ? 

15.9K
shares

 

काठमाडौँ । प्रधानमन्त्री कार्यालयदेखि अख्तियार अनुसन्धान आयोगसम्मको पहुँच देखाई व्यवसायीसँग   अवैध असुल गर्ने एक निर्देशकलाई प्रधानमन्त्री कार्यालय तानिएपनि राजस्व अनुसन्धान विभागमा अझै लामोसमयदेखि मस्ती मारिरहेका कर्मचारी धेरै छन् ।

 

ती मध्ये पारस भण्डारी र  निर्देशक मणिराम पौडेल पनि लामो समय राजस्व अनुसन्धान विभागमा बस्ने मध्येमा पर्दछन् । मणिरामको व्यक्तिगत सूचना प्रणालीका अनुसार उनी २०८१ भदौ ३१ देखि राजस्व अनुसन्धान विभागमा  छन् ।

 

०५२ सालमा वन कार्यालयमा जागिर खाएका पौडेल बर्दियामा जन्मिएका हुन् । ०६२ देखि अर्थमन्त्रालय अन्तर्गत काम सुरु गरेका पौडेल आन्तरिक रावस्व विभाग लाजिम्पाट,भन्सार बिभाग,बिरगन्ज भन्सार कार्यालय,बिराटनगर भन्सार कार्यालय,भैरहवा भन्सार कार्यालय,त्रिभुवन विमानस्थल भन्सार कार्यालयहुँदै राजस्व अनुसन्धान बिभागमा निर्देशक पदमा छन् ।

 

 

 

२०५१ सालमा वन बिज्ञानमा प्रवीणता प्रमाणपत्र तह पास गरेका पौडेलले ०५५ मा तलवी अध्ययन विदा पनि लिएका छन् । बिभिन्न भन्सार कार्यालयमा बसेर धेरै व्यवसायी चिनेका पौडेल उठ्तीपुठ्तीमा माहिर भएको व्यवसायीहरु बताउँछन् ।  अकुत आम्दानी गरेका पौडेलको आर्थिक हैसियत हेर्ने हो भने स्रोत जुटाउन समस्या हुने जानकारहरु बताउँछन् । तर, मालदार कार्यालयमा पहुँच र पैसाका भरमा टिकिरहेका छन् ।

 

 

त्यसैगरी प्रधानमन्त्री केपी ओलीको गृहजिल्लाका पारस भण्डारी  पछिल्लो समय ०७८ पुष १९ देखि राजस्व अनुसन्धान विभागमा छन् । नायवसुब्बा पदका भण्डारी प्रधानमन्त्रीको सचिवालयमा प्रभाव पारेर लामोसमयसम्म मालदार मानिने राजस्व अनुसन्धानमा छन् । उनले प्रधानमन्त्रीकै रवाफ दिएर व्यवसायी धम्क्याएको पीडितहरु बताउँछन् । यस अघि उद्योग विभागजस्तो मालदार अड्डामा रहेका भण्डारी उद्योग विभाग भन्दा अघि पनि राजस्व अनुसन्धान विभागमा नै थिए । २०७६ फागुन २२ मा राजस्व अनुसन्धान विभागमा उनको पदस्थापना भएको हो ।

 

अझ अचम्म लाग्दो बिषय त भण्डारी २०७२ असोज १३ मा पनि राजस्व अनुसन्धान विभागमा नै सरुवा भएका थिए । ०६९ असारमा बढुवा भएका भण्डारी मालदार मानिने वाणिज्य मन्त्रालय अन्तर्गत काम गर्थे । २०५३ सालमा जेठमा जिल्ला प्रशासन कार्यालयमा खरिदार नियुक्ति भएका थिए ।

 

२०३४ सालमा जन्मिएका भण्डारीले २०४९ सालमा  एसएलसी पास गरेको विवरण पेश गरेका छन् । त्यसभन्दा माथिल्लो तहमा उनको अध्ययन देखिएको छैन । लामो समय राजस्व अनुसन्धान विभागमा बसेका कारण हरेक व्यवसायीको जन्मकुण्डली उनलाई कण्ठ छ ।

 

सोही आधारमा जुनसुकै महानिर्देशकको पनि उठौती गर्ने घुमुवाका रुपमा उनले काम गरिरहेका छन् । अकुत सम्पति कमाएर वसेका भण्डारी अझै पनि कसैले चलाउन नसक्ने भन्दै व्यवसायी थर्काउन् र असुल गर्दै महानिर्देशकसम्म पुर्याउने गर्दछन् ।

 

 

 

व्यवसायीहरूको आरोपअनुसार, यी कर्मचारीहरूले नियोजित रूपमा व्यापारीलाई फसाउने गरेका छन् । राम्रो रकम नदिए विभिन्न बहाना बनाएर गाडी समात्ने, बिगो तिर्न लगाउने मात्र होइन, धम्की दिने काम पनि हुने गरेको बताइन्छ ।

 

 

 

एक प्रभावित व्यवसायीले भने, ‘बिगो तिरेर पनि सजिलै छुट्दैन, पैसा नदिए भने सम्पत्ति असुली गर्नेसम्मको हर्कत गरिन्छ ।

पीडितहरूले यी कर्मचारीहरू हरेक दिन विभिन्न ठाउँमा व्यापारीसँग बसेर उठ्ती असुल्ने गरेको बताएका छन् । प्रलोभन, दबाब र धम्कीमार्फत रकम असुली हुने क्रम जारी रहँदा भन्सार र राजस्व क्षेत्रभित्रको भ्रष्टाचार अझै जरा गाडेर बसेको पुष्टि भएको छ ।

 

प्रमुख बदलिँदा पनि स्थिर बस्ने कर्मचारीहरूको प्रभावशाली भूमिका नै भन्सार क्षेत्र सुधार नहुनुको मुख्य कारण हो । यसले न त व्यापारीलाई न त राज्यको राजस्व प्रणालीलाई नै सुरक्षित राख्न सकेको छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

 

प्रधानमन्त्री कार्यालयकै नाम वेचेर अवैध आर्जन गर्ने अधिकारी प्रधानमन्त्री कार्यालय तानिए

civil hospital
Hams Hospitals