सभ्यताको सूर्यास्तमा एउटा प्रार्थना

17.3K
shares
Nabil bank

 

 

सभ्यता,

तिमी पिरामिडको शिखरमा बगिरहेको
रेतीको घडी हौ,
जहाँ समय आफैंलाई नाप्दै थकित छ,
र शताब्दीयौंदेखि मुर्दा रातको निद्रामा
जगलाई सपना देखाइरहेकी छौ।

 

तिमी,
ताजमहलको संगमरमरमा शोकको गन्ध बनि
प्रेमको स्मारक हौ,
र क्राइस्ट द रिडिमरका बाहुपाटामा
अधैर्य पृथ्वीलाई शान्तिको अँगालो दिँदै
एट्लान्टिकको छालसँग प्रार्थना गर्दैछौ।

 

तर, हे सभ्यता!
आफ्नै छातामा छुरा रोप्दै,
हामीले युद्धका अन्धा देवताहरू
घामका रश्मिमा नुहाइरहेछौं,
जहाँ गाजाको चिच्याउने धूवाँमा
रोटीभन्दा बारुदको गन्ध बाक्लिँदैछ,
काबुलका हावामा शिक्षा च्यातिएका पानाहरू
आँधी बन्न उडिरहेका छन्।

 

हेर,
नेटोको सभासद्भित्र प्वाल परेको पृथ्वीको नक्सा
फाटेको छ,
र अमेरिकी रुसगन्धी हातहरूले
संयुक्त राष्ट्रसंघका स्वप्न पानाहरू च्यातिरहेका छन्,
जहाँ भीरबाट लडेका आदर्शहरूले
शून्यको गर्भमा आफैलाई दाह गर्दैछन्।

 

सभ्यता!
तिमी बेइजिङका प्राचीरहरूमा
पाँच हजार वर्षको अविचल स्थायित्व हौ,
तर शक्तिको अन्धकारमा,
मसीको अक्षरहरू रगतले पखालिँदै छन्,
र हामी संयुक्त राष्ट्रसंघका सभागृहमा
शान्तिका सूक्तिहरू
बारुदको बोरामा राखेर लुगा सुकाउँदैछौं।

 

तसर्थ,
अब ‘शक्तिले जे गरे पनि सही’को जङ्गलमा होइन,
युनेस्कोको आदर्शमा शान्तिको मन्दिर बनाउने समय आएको छ,
जहाँ कलाका मुर्ति, कविता, गीत र नृत्यका पाइला
अस्तित्वका सन्धिहरूमा फूल जस्तै खसून्,
र ‘मानव दिमागमा युद्ध सुरु हुन्छ’
भनेर सम्झाउने तिम्रा अक्षरहरू
शान्तिको किल्ला बनून्।

 

हेर,
हामी ‘विश्वका संयुक्त जनता’ हौं,
नेपाली किसानका हलका गह्रौँ डोरीजस्तै
एकआपसमा गाँसिएका छौं,
ब्राजिलका वर्षा वनको ओसिलो गन्धजस्तै
एकअर्काको रुवाई र हाँसोमा जीवित छौं।

 

आउनुहोस्,
साँस्कृतिक शक्तिलाई पृथ्वीको नयाँ गुरुत्वाकर्षण बनाऔं,
वातावरणका हरिया सासलाई नयाँ आकाश दिऔं,
र युद्धका सारा अस्त्रहरूलाई
बालबालिकाको रङको बकेटमा डुबाएर
शान्तिको इन्द्रेणी चित्र बनाऔं।

 

सभ्यता!
तिमी हाम्रो शिरमाथिको सूर्यास्त हौ,
जहाँ हामी शान्तिका फूलहरू बलिरहेको दुनियाँमा
अग्निज्वालामाथि फुलाउन सिकिरहेका छौं,
किनकि तिमीमा नै छ,
‘विश्वका संयुक्त जनता’को नयाँ किरण बन्ने बीउ,
शान्ति र न्यायको नयाँ भोलि कोरिदिने
अक्षरहरूको भविष्य।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x