लघुकथा : इतिहास

1.9K
shares

 

 

 

“फुर्यो- फुर्यो” भन्दै कवि कोठाभित्र छिर्यो र चुकुल लगायो ।

“हैन,के फुर्यो  भन्छ यो ?” बुबाले बाहिरबाट चर्को स्वर गरे ।

“काम छैन, जतिखेर नि त्यहीं लेख्न मात्रै जानेछ । घरमा के छ, कसो छ ? मतलब छैन, खाली आफ्नै धुन छ ।” भाउन्निएको स्वरमा फेरि थपे ।

ऊ भने जतिखेर नि कल्पनाशील मुन्द्रामा देखिन्थ्यो । आफ्नै अन्तर्मनमा हराउथ्यो र केही न केही लेखिरहन्थ्यो । त्यो देखेर उनी सोच्थे,  ” के होला यसको भविष्य, के गरी खाला कुन्नी ?”

उसको साथी विपिनलाई बोलाएर सम्झाउन लगाए,  ” हेर कवि, यस्तो पाराले हुदैन ? इलम गर, वृद्ध बुबाआमा छन्, परिवार छ, सबैको भरोसा होस् तँ ।”

उसले भन्यो,  ” केही गरेनि सफल हुदैन, खै किन हो ? न भने जस्तो काम पाउँछु न त व्यवसायमा फाइदा हुन्छ, लगानी पनि डुब्यो, नगरेको होर ।” उसले खिन्नता व्यक्त गर्यो ।

दुबैका कुरा सुनिरहेका बुबाले कड्किदै बोले, ” जुन काममा फाइदा हुन्छ त्यहीं काम गर्ने हो, तेरा साथीहरू कहाँबाट कहाँ पुगिसके ? तँ भने….।”

उसले,  “कालो अनुहार बनाउँदै  बुबाको तिखा बचनले टाउको निहुरायो ।”

विपिनले लामो सुस्केरा ताल्दै भन्यो,  “बाँचुन्जेल सम्मान पाउँदैन यिनीहरू मरेपछि इतिहास बन्छन्, काका ।”

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals