गंगा सोनाम नेपाल आइडल ६ को विजेता, २५ लाख रुपैयाँको उपाधि हात पारिन्

5.9K
shares

काठमाडौँ । गायन रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । राजधानीमा आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा अन्य ४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएकी हुन् ।

 

कार्यक्रम आयोजकका अनुसार विजेता उनलाई २५ लाख रुपैयाँसहितको उपाधि प्रदान गरिएको छ । यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ ।

 

 

फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए ।

 

 

कसले कति पाए ?

पाँचौ विजेता–मृनल मानन्धर, १ लाख रुपैयाँ प्राप्त

चौथो विजेता–अभिनय खाती, १ लाख रुपैयाँ सेकेण्ड रनरअप (तेस्रो)–दर्शना गान्धारी, ५ लाख रुपैयाँ फस्ट रअनरअप (दोस्रो)–बबिता थापामगर, १० लाख रुपैयाँ,विजेता–गंगा सोनाम, २५ लाख रुपैयाँ  पाइन।

civil hospital
Hams Hospitals