चलचित्र ‘चिट्ठी’ भाद्र २० देखि प्रदर्शनमा
वि.सं.२०८२ भदौ १७ मंगलवार
shares
काठमाडौं । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार प्रवण भुसाल अभिनीत नयाँ चलचित्र ‘चिट्ठी’ यही भाद्र २० गतेदेखि नेपालभरका हलहरूमा प्रदर्शन हुने भएको छ।
माधव राज खरेल निर्देशित यस चलचित्रमा प्रवण भुसाल मुख्य भूमिकामा देखिनेछन्। उनले यसअघि ‘लुकामारी’ जस्ता चलचित्रमा सशक्त अभिनय गरेर दर्शकको मन जितेका थिए।
‘चिट्ठी’ हास्य, सस्पेन्स र हरर जनरामा आधारित छ। कलाकार भुसालले यसमा आफूले फरक प्रकारको भूमिका निर्वाह गरेको र दर्शकले रुचाउनेमा विश्वास व्यक्त गरेका छन्।
चलचित्रमा अर्गानिक कमेडियन खड्ग बहादुर पुन मगर (खबपु), संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय र श्रीदेव भट्टराईको पनि अभिनय देख्न सकिनेछ।
निर्मात्री संचारकर्मी कमला जोशी हुन् भने छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन्। सम्पादन राजेश कुमार र भिएफएक्स समिर मियाँको रहेको छ। चलचित्र एरा प्रोडक्सनको ब्यानरमा बनेको हो र वितरण कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले गर्नेछ।



























