मालपोत कार्यालयमा अख्तियारको छापा, कर्मचारी २ लाख नगदसहित पक्राउ
वि.सं.२०८२ भदौ १८ बुधवार
4.6K
shares
shares
काठमाडौं । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मारेको हो ।
अख्तियार एक टोलीले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
































