जेभिएर कलेज अनुगमनमा गएका सरकारी टोलीलाई धम्की

65.8K
shares
Nabil bank

 

काठमाडौं । जेभिएर कलेज अनुगमनमा गएका वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीलाई कलेज प्रशासनका कर्मचारीले धम्की दिएका छन्।

 

 

गत हप्ताको अनुगमनमा विभागका शाखा अधिकृत लोकराज खत्रीसहित तीन जना कर्मचारी टोली कलेज पुगेका थिए। शुल्क संरचना र शैक्षिक गतिविधि सम्बन्धी विवरण संकलन गर्ने क्रममा उनीहरूलाई कलेज व्यवस्थापनका केही कर्मचारीले आपत्तिजनक व्यवहार गरेका थिए।

 

 

अनुगमन टोलीका सदस्यका अनुसार कलेज प्रशासनका कर्मचारीले उनीहरूलाई भित्रै थुनेर “तलाइँ बाँच्न मन छ कि छैन?” भन्दै धम्क्याएका थिए। सरकारी कर्मचारीलाई धम्क्याउने काम गैरकानुनी हो । उनीहरूले उच्च तहसम्म जानकारी गराएका छन् । तर, पहुँचका भरमा उनीहरू माथि कुनै कारबाही भएको छैन ।

 

 

यस घटनाले शिक्षण संस्थाले सरकारी नियमन र अनुगमनलाई कसरी लिने भन्ने गम्भीर प्रश्न उठाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x