“प्रधान सेनापति र दुर्गा प्रसाईबीच ‘निकास’ वार्ता, नेतृत्वमा कार्की–बालेन–घिसिङको नाम”

3K
shares

काठमाडौं । प्रधान सेनापति अशोक सिग्देलले यसअघि राजसंस्था पुनर्स्थापना जनआन्दोलनको जनकमान्डर बनेका तर अहिले स्वतन्त्र रहेका दुर्गा प्रसाईसँग अबको निकासबारे छलफल गरेका छन् ।

विभिन्न पक्षसँग छलफल गर्ने क्रममा प्रसाईसँग पनि निकासका विषयमा वार्ता भएको वित्त आयोगका अधिकृत समेत रहेका अभियन्ता गणेश घिमिरेले नेपाल प्रेसलाई बताए । उनले विभिन्न पक्षसँग वार्ताको समन्वय गरिरहेका छन् ।

भोलि बिहान ८ बजे फेरि वार्ता गर्ने र चाँडै देशले नयाँ निकास पाउने उनले बताए ।

विभिन्न छलफलका क्रममा अहिलेसम्म नयाँ सरकार गठनको प्रक्रिया र त्यसको नेतृत्वबारे सहमति कायम भइसकेको छैन । सुशीला कार्कीको नाममा बढी छलफल भएपनि प्रधान सेनापतिले काठमाडौंका मेयर बालेन शाहलाई नेतृत्व गरेर देश सम्हाल्न प्रस्ताव गरेको बताइएको छ ।

तर, बालेन इच्छुक नभएपछि सुशीला कार्कीमा बढी छलफल भएको हो । त्यसो त कुलमान घिसिङले पनि अन्तरिम सरकारको नेतृत्व गर्ने इच्छा देखाएका छन् । उनले पनि प्रधान सेनापतिसँग छलफल गरेका छन् ।

civil hospital
Hams Hospitals