बालेन कै प्रमुख प्रशासकीय अधिकृतको अकुत आर्जन ? 

6.2K
shares

 

जागिरको अवधिमा भएको आर्जन अस्वाभाविक भएपछि काठमाडौँ महानगरका प्रशासकीय अधिकृतको बारेमा प्रश्न उठेको छ । राजनीतिक शक्तिको दुरुपयोग गरेर मालदार अड्डा बसेर अवैध आर्जन गरेका उनीमाथि आरोप लगाइएको छ । कारबाहीका लागि नियामक निकायमा उजुरी पनि परेको छ ।

 

पछिल्लो पटक काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कस्थित काठमाडौँ भ्यू टावर नक्सा पास विवादले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईँ लाई विवादमा तानेको थियो ।  छानबिनको कारण रोकिएको १२ तले नक्सालाई १९ तले पास गरिदिएको कागजात मेयर बालेन्द्र शाह (बालेन) समक्ष पुगेपछि विषय चर्किएको थियो ।

 

 

महानगरका प्रवक्ता नवीन मानन्धर ले पत्रकार सम्मेलनमार्फत गुरागाईँविरुद्ध विभागीय कारबाही सिफारिस गर्ने जानकारी दिएका थिए ।  मेयर बालेनले समेत उनलाई कार्यालयमा प्रवेशमा समस्या पारेका थिए । तर, उनी केपी ओली सरकारका प्रमुख सल्लाहकारको खास मान्छे भएका कारण जर्वजस्ती गरेका थिए । थुप्रै स्थानीय निकायमा निमित्तले काम गरिरहँदा काठमाडौँ महानगरमा भने तत्कालीन सरकारले दलबल लगाएर गुरागाईँको प्रवेश गराएको थियो । यसपछि भने गुरागाईँको सम्बन्ध तत्कालीन प्रधानमन्त्री विष्णु रिमालसँग भएको भेउ महानगरपालिकाका जनप्रतिनिधिले पाएका थिए ।

 

 

यसअघि नै राष्ट्रिय मानव अधिकार आयोगले गुरागाईँलाई मानव अधिकार उल्लङ्घनमा संलग्न देखाउँदै कालोसूचीमा राखी कारबाही सिफारिस गरिसकेको थियो । सिराहामा प्रमुख जिल्ला अधिकारी हुँदा चक्रबहादुर खत्रीलाई गैर कानुनी रूपमा थुनामा राखेको अभियोग लागेको थियो ।

 

 

गुरागाईँको सम्पत्तिले पनि प्रश्न उठाएको छ ।काठमाडौँको मध्यबानेश्वर चोकमा आलिसान महलसहित राजधानीभित्रै उनका धेरै घर रहेको बताइन्छ ।श्रीमतीले सामाजिक सञ्जाल ( टिकटक) मा सार्वजनिक गर्ने भिडियो र तस्बिरमै उनीहरूको सभ्रान्त जीवनशैली झल्किने गरेको छ ।

 

जागिर अवधिको तलबी आम्दानीअनुसार सम्पत्ति वैध देखिँदैन भन्ने आरोप छ ।

 

०५१ सालमा शाखा अधिकृतका रूपमा प्रवेश गरेका गुरागाईँले प्रायः कमाउने अड्डामै सेवा गरेका छन् । सामान्य प्रशासन मन्त्रालय, कम्पनी रजिष्ट्रार कार्यालय, कीर्तिपुर नगरपालिका, जिल्ला विकास समिति बारा र धुलिखेल नगरपालिका जस्ता अड्डामा बस्दा उनको अवैध आम्दानीले विवादमा तानिएका थिए ।

 

राजनीतिक संरक्षणकै कारण उनी विभागीय कारबाहीको सिफारिसमा परे पनि निरन्तर महत्त्वपूर्ण जिम्मेवारीमा पठाइँदै आएको आरोप छ ।

Hams Hospitals