ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गर्ने युवक काठमाडौँमा पक्राउ
वि.सं.२०८२ असोज १६ बिहीवार
1.1K
shares
shares
काठमाडौँ । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् ।
सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

निजलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।





























