Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

जेनजी आन्दोलनका नाममा सेवाग्राहीलाई झन्झट दिदै मालपोत कार्यालय

3.2K
shares

 

काठमाडौं ।जेनजी आन्दोलनका क्रममा अभिलेख नस्ट भएको भन्दै कलकी मालपोत कार्यालयले सेवाग्राहीलाई झन्झट दिन थालेको छ ।
सूचना जारी गरेर कार्यालयले
जग्गाधनीहरूले श्रेस्ता कायम गर्न विभिन्न ११ थरी कागजातसहित निवेदन दिनुपर्ने बताएको छ ।

 

 

कलंकी, कास्की, भरतपुर, बाँके, घोराही, तुलसीपुर, मोरङ, बुटवल, धनगढी र खैरहनीसहितका मालपोत कार्यालयहरूले सूचना जारी गर्दै श्रेस्ता कायमका लागि कागजातसहित उपस्थित हुन जग्गाधनीलाई आग्रह गरेका छन्।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आगजनीका कारण अभिलेख मेटिएका कार्यालयहरूमा श्रेस्ता कायमका लागि नागरिकताको प्रमाणपत्र, स्थायी ठेगाना सिफारिस, सक्कल पुर्जा, कर रसिद, लालपुर्जाको प्रतिलिपि, जग्गा नक्सा, साक्षीका कागजात, वडा सिफारिस, नापी विवरण, नामसारी प्रमाणपत्र र निवेदन फाराम आवश्यक पर्नेछ।

 

विभागका अनुसार, डिजिटल अभिलेख नभएका जग्गाधनीले लामो प्रक्रिया अपनाउनुपर्नेछ। तर, डिजिटल रेकर्ड भएका जग्गाधनीलाई सहज सेवा दिने तयारी भइरहेको भने बताइएको छ ।

 

जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड हुँदा अभिलेख व्यवस्थापनमा ठूलो चुनौती थपिएको विभागको भनाइ छ।

civil hospital
Hams Hospitals