हिमेश पन्तको प्रतिक्रिया :‘कमेडीको यात्रा यहीँ अन्त्य’यस्तो छ कारण

6.2K
shares

काठमाडाैं । भदौ २४ गतेको घटनालाई लिएर आफूविरुद्ध किटानी जाहेरी परेपछि कमेडियन हिमेश पन्तले आफ्नो कमेडीको यात्रा सकिएको भन्दै व्यंग्यत्मक टिप्पणी गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले लेखेका छन्, ‘आजबाट मेरो कमेडीको यात्रा यहीँ सकिएको घोषणा गर्दछु ।’

साथै उनले कमेन्ट बक्समा नेपाल प्रेसको समाचार राख्दै भनेका छन्, ‘यो सब भोगटेले सुरु गरेछ ।’

पन्तका साथै काठमाडौंका मेयर बालेन शाह, हामी नेपालका संस्थापक सुधन गुरुङ, कन्टेन्ट क्रियटर, कलाकार तथा युट्युवरविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

राज्यविरुद्धको कसुर, आतंकवाद विरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजानासम्बन्धी कसुर, विष्फोटक पदार्थसम्बन्धी कसुर, राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरुद्धको कसुरलगायतमा आरोपित गर्दै अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएका हुन् ।

हालैको जेन-जी आन्दोलनका क्रममा सामाजिक सञ्जालको दुरुपयोग गरी हिंसा भड्काएको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको जाहेरीमा उल्लेख गरिएको छ ।

जाहेरीवालाले प्रमाणका रूपमा आरोपितहरूले विभिन्न स्थानमा जलाउन, तोडफोड गर्न लगाएको भन्दै विभिन्न सञ्चारमाध्यमबाट संकलित फोटो तथा भिडिओहरू प्रमाणका रूपमा प्रहरीमा पेस गरेका छन् ।

civil hospital
Hams Hospitals