लघुकथा : शक्ति

2K
shares

 

 

 

अराजकता मौलायो ।

 

देवताहरूमा खैलाबैला मच्चियो । उनीहरूको दौनिकी खल्बलियो । यज्ञ हवन सफल हुन सकेन । नत राक्षसहरूको प्रतिकार गर्न सके, नत रोक्न नै ! चारैतिर सन्नाटा छायो ।

 

राक्षसहरू आँफूलाई सर्वशक्तिमान सावित गर्न कुनै कसर छोडेनन् । दु: ख दिने, खल्बल्याउँने, दबाउँने जस्ता कार्यले उनीहरूलाई प्रशन्नता दिलायो ।

 

उनीहरूको मनोबल दिनप्रतिदिन बढेकाले देवगण चिन्तित बने र एकैठाउँमा भेला भए । एउटाले भने, ” अब हामी सृष्टिकर्ता ब्रह्मा कहाँ जाऊ, किन विध्वंस मच्चियो ? प्रश्न गरौँ, उपाय खोजौँ ।”

 

सबै उपस्थित भए,  ब्रह्माले भने, ” म त सृष्टि मात्र गर्ने हो, पालनकर्ता विष्णु भगवान कहाँ जाऊ ? बरू म पनि सङ्गै जान्छु भनी त्यतै लागे ।

 

विष्णु भगवानसँग बिन्ति बिसाए,  ” है प्रभु ! हाम्रो समस्याको निराकरण गर्नुहोस् ।” भगवान मुसुमुसु हाँस्दै,  ” यस्को निराकरणको उपाय केवल संहारकर्ता महेश्वरसङ्ग छ ।” म पनि सङ्गै जान्छु भन्दै सबै त्यतैतिर लागे ।

 

महेश्वरसङ्ग निवेदन गरे, उनले भने,  “शक्तिबिना शिव अपुरो छ, तसर्थ कालीद्वारा दुष्टताको विनाश सम्भव छ ।” उनको संहारपछि देवगणले विजयउत्सव मनाए, विजयादशमी !

 

देवताले मनन गरे, “असत्यको अन्त्य स्त्रीबाटै सम्भव हुनेछ, चाहेँ सीता हरण होस्, द्रोपदीको वस्त्र हरण, दानवी प्रवृत्ति या बेथिति !

 

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

 

civil hospital
Hams Hospitals