नैतिक मूल्य र जिम्मेवारी: नयाँ पुस्ताको सशक्तीकरणको आधार

29.5K
shares
Nabil bank

आजको विश्व तीव्र परिवर्तनको युगमा प्रवेश गरिसकेको छ । प्रविधि, सामाजिक सञ्जाल र वैश्विक सम्बन्धले युवालाई नवीन चुनौती र अवसर दुवै प्रदान गरेको छ । यसै सन्दर्भमा, नैतिक आचरण र सकारात्मक ऊर्जा युवाको व्यक्तित्व, चेतना र समाजमा योगदान दिने शक्ति बन्ने महत्त्वपूर्ण पक्ष बनेको छ । जेन जी दृष्टिकोणले नैतिकता, सकारात्मक सोच र मानवीय मूल्यहरूलाई जीवनको मूल आधार मान्छ, जसले युवा पुस्तालाई सशक्त बनाउने मार्ग देखाउँछ ।

आजको युगमा युवा शक्ति देशको विकास र सामाजिक परिवर्तनको मुख्य इञ्जिनको रूपमा देखिन्छ। युवाहरूमा नैतिक मूल्य र जिम्मेवारीको चेतना हुनु अत्यन्त आवश्यक छ। नैतिक मूल्यहरूले मानिसलाई सही र गलतको भिन्नता बुझ्न, निर्णयमा पारदर्शिता कायम गर्न र व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्न सक्षम बनाउँछन्। जब युवाले आफ्नो व्यक्तिगत स्वार्थ मात्र होइन, समाज र राष्ट्रको हितलाई प्राथमिकता दिन्छन्, तब उनीहरूको ऊर्जा दिगो र सिर्जनात्मक शक्ति बनिन्छ।

मानव जीवनको सार  भौतिक उपलब्धि र सांसारिक सुखमा मात्र सीमित छैन। वास्तविक जीवनको मूल्य तब मात्र उजागर हुन्छ, जब मानवीय सद्गुण, नैतिकता र जीवन दर्शनको जेन जी समन्वय प्राप्त हुन्छ। मानवको आचरण, सोच र कर्म नै उसको व्यक्तित्वको आधारशिला हुन्। जीवन दर्शनले मानिसलाई मात्र नभएर सम्पूर्ण समाजलाई नै मार्गदर्शन गर्दछ, जसले सद्गुणपूर्ण जीवनको मार्गप्रशस्त गर्दछ। जब व्यक्ति आफ्नो आचरणमा मानवता, दया, सहिष्णुता, इमानदारी र सेवा भाव समाहित गर्दछ, तब उसले समाजमा स्थायी सकारात्मक प्रभाव पार्न सक्षम हुन्छ।

मानवीय सद्गुण जेन जी  राम्रो व्यवहार वा सामाजिक नियम पालन गर्नु मात्र होइन, तर जेन जी नैतिक चेतनाबाट उत्पन्न हुने गुणहरू हुन्। दया, करुणा, नम्रता, सच्चाइ, सहिष्णुता, आत्म–नियन्त्रण र इमानदारी जस्ता गुणहरूले मात्र मानिसलाई उच्चतम स्तरको आध्यात्मिक र नैतिक चेतनामा पुर्याउँछन्। यी सद्गुणहरूले व्यक्तिलाई आफ्नै स्वार्थमा मात्र सीमित नराखी, अरूको भलाइमा पनि सोच्ने दृष्टिकोण प्रदान गर्छ। जीवनमा यस्ता गुणहरूको समन्वयले व्यक्तिको आन्तरिक शक्ति, मानसिक शान्ति र स्थिरता बढाउँछ।मानव जीवनमा नैतिकता र जीवन दर्शनको मेलले व्यक्तिलाई दिगो र स्थायी मूल्यप्राप्त जीवनतर्फ अग्रसर गराउँछ। जीवनको प्रत्येक क्षणमा निर्णय, व्यवहार र प्रतिक्रिया नैतिकता र दर्शनको आधारमा निर्धारण हुन्छ। उदाहरणस्वरूप, जब व्यक्ति व्यापार, शिक्षा, प्रशासन वा कुनै पनि पेशागत क्षेत्रमा कार्य गर्दा इमानदारी, न्याय, करुणा र सहिष्णुता अपनाउँछ, तब उसको क्रियाकलाप समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। जीवन दर्शनले उसलाई  आफ्नो भलाइमा सीमित नराखी, अरूको हित, समाजको कल्याण र राष्ट्रको प्रगतिको विचार गर्न प्रेरित गर्छ।

सकारात्मक सोच जीवन दर्शनको अर्को महत्वपूर्ण पक्ष हो। जब व्यक्ति आफ्नो सोचमा सकारात्मक दृष्टिकोण राख्छ, तब उसले जीवनका कठिनाइ र चुनौतीहरूलाई सहजतापूर्वक सामना गर्न सक्छ। सकारात्मक सोचले मानिसको मानसिक स्थिरता बढाउँछ र विभिन्न समस्याहरूको समाधान खोज्न उत्प्रेरित गर्दछ। यदि सोच र दृष्टिकोण मानवीय सद्गुणसँग जोडिन्छ भने, त्यसले व्यक्तिको सामाजिक र व्यक्तिगत जीवनमा उत्कृष्टता ल्याउँछ। यसरी सकारात्मक सोच र नैतिक आचरणको मिश्रणले मानिसलाई मात्र होइन, समाज र राष्ट्रलाई पनि लाभ पुर्याउँछ।

मानवीय सद्गुण र जीवन दर्शनको सुन्दर मिलनले व्यक्ति र समाजबीचको सम्बन्धलाई सशक्त बनाउँछ। यसले व्यक्तिलाई सामाजिक उत्तरदायित्व, पारस्परिक सम्मान र दायित्वबोधका माध्यमबाट समृद्ध बनाउँछ। व्यक्तिले आफ्नो कर्ममा न्याय, सच्चाइ र करुणाको आधार अपनाउँदा, समाजमा विश्वास र सद्भावना बढ्छ। यसरी नैतिक र दर्शनपूर्ण जीवनले  व्यक्तिलाई मात्र होइन, सम्पूर्ण मानव समाजलाई स्थायित्व र शान्ति प्रदान गर्दछ।भगवद्गीता, उपनिषद्, बुद्धका उपदेश र विभिन्न धार्मिक तथा दार्शनिक ग्रन्थहरूले जीवनको वास्तविक मूल्य र मानव सद्गुणको महत्व स्पष्ट पारेका छन्। ती ग्रन्थहरूले देखाउँछन् कि आफ्नो इच्छाहरू, क्रोध, लोभ, मोह र अन्य नकारात्मक प्रवृत्तिहरूलाई नियन्त्रणमा राखेर मात्र व्यक्ति सत्य, ज्ञान र शान्तिमा पहुँच प्राप्त गर्न सक्छ। जब व्यक्ति आत्म–नियन्त्रण र मानवीय सद्गुणको अभ्यास गर्दै आफ्नो जीवन दर्शनलाई अवलम्बन गर्छ, तब उसले आन्तरिक सुख, आत्म–सन्तोष र मानसिक शान्ति अनुभव गर्दछ।

मानवीय सद्गुण र जीवन दर्शनको मेलले नेतृत्व र समाजमा पनि उत्कृष्ट प्रभाव पार्दछ। यस्तो व्यक्ति  आफ्नै हितमा सीमित रहँदैन, बरु अरूको भलाइमा सक्रिय योगदान पुर्याउँछ। उसले समाजको उत्थान, शिक्षा, स्वास्थ्य, न्याय र समानताका लागि पहल गर्छ। यो मेल व्यक्तिलाई नैतिक, सामाजिक र आध्यात्मिक दृष्टिले सक्षम बनाउँछ। नेतृत्वमा यस्ता गुणहरूको अभ्यासले  अनुयायीहरूलाई प्रेरणा प्रदान गर्दैन, बरु समाजमा नैतिकता र मानवताको पुनःस्थापनामा ठूलो योगदान पुर्याउँछ।मानव जीवनको सच्चा सार तब मात्र प्रकट हुन्छ, जब मानवीय सद्गुण, सकारात्मक सोच र जीवन दर्शनको सुन्दर मिलन अवलम्बन गरिन्छ। यसले व्यक्तिलाई आत्मसाक्षात्कार, मानसिक शान्ति, सामाजिक उत्तरदायित्व र स्थायी मूल्यको मार्ग प्रदान गर्दछ। जीवन  अस्तित्वको नाममा सीमित नराखी, यसको उद्देश्य, दायित्व र नैतिकता प्रकट गर्ने माध्यम बन्न सक्छ। यसरी, जीवन दर्शन र मानवीय सद्गुणको कुसल मिलनले व्यक्तिलाई मात्र होइन, सम्पूर्ण मानव समाजलाई दिगो शान्ति, समृद्धि र आनन्दप्रद जीवनतर्फ अग्रसर गराउँछ।

मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ ।स्वार्थ, लोभ, लालसा, आसक्ति, आग्रह आदिलाई दबाउने सामथ्र्य वा अन्तरमूल्य नै सदाचारको जग हो। कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्तम हुन्छ सदाचार संस्कृतिमा। कहिलेकाहीं सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहन सक्नुपर्छ । किनकि, सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ। सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ । अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ ।राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विधमान छ ।

नैतिक आचरण भन्नाले व्यक्तिको व्यवहारमा सत्यनिष्ठा, इमान्दारी, जिम्मेवारी, र अनुशासनको समावेशीकरण बुझिन्छ । जब युवा आफैंमा नैतिक मूल्यको पालन गर्छन्, तब उनीहरूले अरूसँगको सम्बन्धमा सहानुभूति, न्याय र सम्मानको वातावरण सिर्जना गर्छन् । नैतिक आचरणले मात्र होइन, यसले युवालाई सामाजिक जिम्मेवारी बुझ्न र नागरिकताको सही अभ्यास गर्न प्रेरित गर्छ । उदाहरणस्वरूप, विद्यालय वा सामाजिक संस्था मा स्वयंसेवा गर्ने, असमानता विरुद्ध आवाज उठाउने, र समुदायको भलोमा योगदान पुर्याउने गतिविधिहरू नैतिक आचरणको प्रत्यक्ष उदाहरण हुन् ।

सकारात्मक ऊर्जा जेन जी मानसिक, भावनात्मक र सामाजिक दृष्टिले उत्साहपूर्ण र उत्पादक दृष्टिकोण हो । जब युवा सकारात्मक ऊर्जा लिएर अगाडि बढ्छन्, उनीहरूले चुनौतीलाई अवसरमा बदल्ने क्षमता पाउँछन् । जेन जी सिद्धान्तअनुसार, सकारात्मक सोचले  व्यक्तिगत जीवनमा मात्र होइन, सामाजिक र राजनीतिक चेतनामा पनि योगदान पुर्याउँछ । उदाहरणका लागि, विद्यार्थी आन्दोलनमा भाग लिँदा, सामाजिक परियोजनामा सक्रिय भएर, वा वातावरणीय संरक्षण अभियानमा योगदान दिएर युवा समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् ।

जिम्मेवारी भनेको  दायित्व पूरा गर्नु मात्र होइन, आफ्ना क्रियाकलाप र निर्णयका परिणामप्रति सचेत हुनु हो। नयाँ पुस्तामा जिम्मेवारीपूर्ण दृष्टिकोण विकास भएमा उनीहरूले नेतृत्व, समस्या समाधान र नवप्रवर्तनको क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्छन्। साथै, नैतिक शिक्षा र सामाजिक जिम्मेवारीको अभ्यासले युवामा सहिष्णुता, सहकार्य र सहअस्तित्वको भावना जगाउँछ, जसले दीर्घकालीन सामाजिक स्थायित्व र समृद्धि सुनिश्चित गर्छ।नैतिक मूल्य र जिम्मेवारी युवा सशक्तीकरणको आधार हुन्। जब युवामा यी गुणहरू स्थापित हुन्छन्, तब उनीहरू न  व्यक्तिगत सफलता प्राप्त गर्छन्, तर समाज र राष्ट्रको उज्जवल भविष्य निर्माणमा पनि निर्णायक भूमिका खेल्छन्।

नैतिक आचरण र सकारात्मक ऊर्जा  व्यक्तिगत गुण मात्र होइनन्, तर समाजको सशक्तीकरणको आधार पनि हुन् । जब युवा यी मूल्यलाई जीवनको अंग बनाउँछन्, तब उनीहरूले आफ्नो भविष्य मात्र होइन, आफ्नो समाज, राष्ट्र र लोकतन्त्रलाई स्थायित्व र विकास तर्फ उन्मुख गराउँछन् । जेन जी दृष्टिकोणले यही चेतना दिन्छ कि, युवा नैतिक, सकारात्मक र जिम्मेवार बनेमा मात्र दिगो समाज निर्माण सम्भव छ र परिवर्तनको वास्तविक शक्ति उनीहरूमा निहित हुन्छ ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)

 

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x