हिमाली वातावरणीय संकट र जलवायु परिवर्तन
वि.सं.२०८२ कात्तिक १७ सोमवार
shares
वर्तमान विश्व गम्भीर वातावरणीय संकट—जलवायु परिवर्तनको सामना गरिरहेको छ। विकासका नाममा गरिएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाश्म इन्धनको अत्यधिक प्रयोग र वन विनाशले पृथ्वीको जलवायु प्रणाली असन्तुलित बनाएको छ। यसको प्रत्यक्ष परिणाम स्वरूप तापक्रम वृद्धि, चरम मौसमी घटना, समुद्री सतहको वृद्धि, बाढी, खडेरी र वर्षाको अनियमितता जस्ता समस्या बढेका छन्।नेपालजस्ता हिमाली मुलुकमा यसको प्रभाव अझ गहिरो छ। ‘तेस्रो ध्रुव’ भनिने हिमाल तीव्र गतिमा पग्लिँदैछन्, जसले ग्लेशियर ताल फुट्ने जोखिम बढाएको छ। वर्षा प्रणालीमा आएको गडबडीले कहिले अत्यधिक वर्षा, कहिले दीर्घ खडेरी निम्त्याउँछ, जसले कृषि उत्पादन र ग्रामीण अर्थतन्त्रमा अस्थिरता ल्याएको छ।हिमाली क्षेत्र विश्वका प्रमुख जलस्रोतहरूको आधार हो, जसबाट नदी, झरना र जलविद्युत प्रणाली सञ्चालन हुन्छ। तर जलवायु परिवर्तनका कारण यी जलस्रोतहरू सुक्दै जाँदा पारिस्थितिकी, सामाजिक जीवन र दीगो विकासका लक्ष्यहरू सबै जोखिममा परेका छन्।
हिमाली पारिस्थितिकीमा जलवायु परिवर्तनले तापक्रम वृद्धिको असर देखाएको छ। हिमनदीहरू र हिमपहिरो पग्लन थालेका छन्, जसले ताल र बाढीको जोखिम बढाउँछ। यसले न नदी प्रणालीमा अस्थिरता ल्याउँछ, तर पहिरो, बाढी र भूक्षयजस्ता प्रकोपजन्य घटनाको संभावना पनि बढाउँछ। उदाहरणका लागि, नेपालको कालीगण्डकी, कर्णाली र गण्डकी नदी क्षेत्रमा बाढी र पहिरोको घटना लगातार बढेको देखिएको छ। हिमाली क्षेत्रको तापक्रम बढ्दै गएमा केही दशकभित्र उच्च हिमाली भू–भागमा मरुभूमिको स्वरूप विकसित हुने सम्भावना पनि रहेको छ।
हिमाली पारिस्थितिकीमा जैविक विविधता संकटमा परेको छ। तापक्रम वृद्धिका कारण उच्च पहाडी क्षेत्रहरूमा नयाँ जीवजन्तु र चराचुरुङ्कीको आवत–जावत बढेको छ। यसले मौसमी वातावरणसँग अनुकूल भएका स्थानीय प्रजातिहरूको जीवन चक्रमा बाधा पुर्याउँछ। उदाहरणका लागि, बाघ, चितुवा, सर्प, विच्छी र अन्य वन्यजन्तुहरू उच्च क्षेत्रमा बसोबास गर्न थालेका छन्। यसैगरी, कृषिजन्य क्षेत्रमा तापक्रम वृद्धि र वर्षा प्रणालीमा अस्थिरता आउँदा मलेरिया, डेङ्कु र जापानिज इन्सेफलाइटिस जस्ता रोग उच्च पहाडी क्षेत्रहरूमा फैलिन थालेका छन्।हिमाली क्षेत्र पृथ्वीको संवेदनशील पारिस्थितिकी तंत्रमा पर्छन्। यी क्षेत्र प्राकृतिक स्रोत, जैविक विविधता र विश्वव्यापी जलवायु सन्तुलनका लागि अत्यन्त महत्वपूर्ण छन्। तर पछिल्लो समय मानव गतिविधि र विश्वव्यापी तापमान वृद्धिले गर्दा हिमाली पारिस्थितिकीमा गम्भीर संकट उत्पन्न भएको छ।
जलवायु परिवर्तनले हिमाली पारिस्थितिकीमा मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि चुनौती सिर्जना गरेको छ। हिमाल पग्लिएसँगै पानीको आपूर्ति अस्थिर हुँदै जान्छ, जसले कृषि उत्पादन, ऊर्जा सुरक्षा, र वातावरणीय सन्तुलनमा प्रभाव पार्छ। यसले नेपालको जस्तो भूपरिवेष्टित देशको विकास र खाद्य सुरक्षामा जोखिम बढाउँछ।गिट्टीको ओसार–पसार, र योजना विनाको बाटा खन्ने कार्यले माटोको उर्वरा शक्ति घटाएको छ। यसले हिमाली भू–भागमा पहिरो र बाढीको जोखिम बढाउँछ। साथै, वर्षा र पानीको असमान वितरणले कृषि र पशुपालनमा असर पार्दै छ, जसले ग्रामीण जनसंख्या र स्थानीय अर्थतन्त्रमा प्रतिकूल असर पुर्याउँछ।
जलस्रोतमा पनि संकट आएको छ। हिमाली क्षेत्रको पानीको स्रोतहरू सुक्दै गएका छन्। भूमिगत जल भण्डार घट्दै गएपछि पानीको अभाव पैदा भएको छ। जलविद्युत उत्पादन क्षमता घटेको छ भने केही निर्माणाधीन केन्द्र र प्रसारण लाइनहरू बाढी तथा पहिरोले क्षतिग्रस्त भएका छन्। यसले दीगो ऊर्जा उत्पादनमा चुनौती सिर्जना गरेको छ।
हिमाली पारिस्थितिकी संकटले प्राकृतिक वातावरणमा मात्र असर गर्दैन, मानव जीवन, सामाजिक संरचना र आर्थिक विकासमा पनि प्रत्यक्ष असर पार्छ। कृषि उत्पादनमा गिरावट, पशुपालनमा कठिनाइ, खाद्यान्न अभाव, स्वास्थ्य समस्याहरू र रोजगारी संकट सिर्जना हुन्छ। यसले स्थानीय समुदायमा विस्थापन, गरिबी र असमानता बढाउँछ।
यस समस्याको समाधानका लागि प्रभावकारी नीति, दीगो विकास, हरित ऊर्जा, वन संरक्षण, वर्षे पानी संकलन, जलस्रोतको दिगो उपयोग र स्थानीय जनचेतना आवश्यक छ। साथै, वैश्विक स्तरमा औद्योगिक र धनी राष्ट्रहरूले उत्सर्जन घटाउने पहल गर्नुपर्छ। व्यक्तिगत र समुदाय स्तरमा ऊर्जा बचत, विद्युतीय साधनको प्रयोग, मासु र दुग्धजन्य उत्पादनको उपयोग घटाउने उपाय पनि योगदान दिन सक्छ।
मानव जातिको भविष्य जलवायु सन्तुलनसँग सम्बन्ध राख्छ। तापक्रम वृद्धिका कारण समुद्री सतह बढ्दै गएको छ, जुन तटीय शहरहरू डुबानको खतरा भोगिरहेका छन्। खाद्यान्न उत्पादन घट्दै गएको छ, पानीको स्रोत सुक्दै गएको छ, र प्राकृतिक विपद्हरूको संख्या दिनप्रतिदिन बढ्दो छ।अबको उपाय भनेको दिगो विकासको बाटो अपनाउनु हो — हरित ऊर्जा प्रयोग, वन संरक्षण, जलस्रोतको संरक्षण, र विश्वस्तरमै वातावरणमैत्री नीतिहरू कार्यान्वयन गर्नु आवश्यक छ। यदि मानव जातिले प्रकृतिसँग मिलेर चल्न सकेन भने, न हिमाल बाँच्छ, न मानिस। त्यसैले आजको चेतना नै भविष्यको सुरक्षा हो।
विश्व आज जलवायु परिवर्तनको गम्भीर संकटको सामना गर्दैछ। वातावरणीय असन्तुलन, प्राकृतिक प्रकोपको वृद्धि, जल स्रोतको क्षरण, र पारिस्थितिकीय प्रणालीमा असर परिरहेको छ। तापमान वृद्धिका कारण पृथ्वीको मौसम प्रणाली अस्थिर बन्दै गएको छ। नेपालजस्ता हिमाली र विकासशील मुलुकहरूमा यसको प्रभाव अझ स्पष्ट देखिएको छ। हिमनदीहरू पग्लँदैछन्, ग्लेशियर ताल विस्फोटको खतरा बढ्दैछ, र बाढी, पहिरो तथा असिनाका घटना तीव्र भएका छन्।
विकास मानव सभ्यताको आवश्यक पक्ष हो। तर, ऊर्जा, पूर्वाधार, उद्योग र कृषिमा हुने प्रगतिका नाममा हुने अत्यधिक खनन, वन विनाश र इन्धनको प्रयोगले वातावरण प्रदूषित भएको छ। यसले हरितगृह ग्यास उत्सर्जन बढाउँछ, जसले जलवायु परिवर्तनलाई झन् तीव्र बनाउँछ। यिनै कारणले विकास र वातावरणबीच द्वन्द्व देखिन्छ।
नेपालमा जलवायु परिवर्तनको असर कृषि प्रणालीमा विशेष गरी देखिन्छ। वर्षाको अनिश्चितता, खडेरी र बाली नष्ट हुने समस्याले कृषिमा निर्भर जनताको जीवनमा संकट सिर्जना गरेको छ। हिमाल पग्लँदा ग्लेशियर तालहरूको विस्फोटको जोखिम बढ्छ, जुन गाउँ, शहर र खेतिपातीमा विनाश ल्याउन सक्छ। तापक्रम वृद्धिले ध्रुवीय र उच्च पहाडी प्रजातिहरूको जीवन संकटमा पार्दैछ। तर समाधान पनि सम्भव छ—नवीकरणीय ऊर्जा, वातावरणमैत्री कृषि, हरियाली पूर्वाधार र जनचेतनाले दिगो विकास सम्भव छ।
हिमाली जलस्रोतको असन्तुलनले दीगो विकासका मुख्य स्तम्भहरूमा प्रत्यक्ष असर पार्दछ। कृषि र खाद्य सुरक्षा यस असन्तुलनबाट सबैभन्दा बढी प्रभावित हुन्छ। हिमालका नदी र बगरहरू सिँचाइको आधार हुन्, र जब जलस्रोत अस्थिर हुन्छ, पानीको अभावले उत्पादन घटाउँछ र खाद्य सुरक्षा कमजोर हुन्छ। बारी–खेतमा पानीको कमि, माटोको क्षरण र असामयिक बाढीले कृषि प्रणालीलाई दीर्घकालीन जोखिममा पार्दछ। यसले स्थानीय किसानहरूको जीवनयापनमा चुनौती पैदा गर्छ र मुलुकको खाद्य आपूर्ति सुनिश्चित गर्न कठिनाईहरू सिर्जना गर्छ।
ऊर्जा उत्पादन पनि हिमाली जलस्रोतको असन्तुलनबाट प्रभावित हुन्छ। नेपालजस्ता हिमाली मुलुकमा जलविद्युत ऊर्जा स्रोतको मुख्य आधार नदी र बगैंचाहरू हुन्। जब नदी प्रवाह अनियमित हुन्छ, जलविद्युत आयोजना सञ्चालनमा समस्या आउँछ। पानीको कमीले पावर उत्पादन घटाउँछ भने अत्यधिक बाढीले पावर स्टेशनमा क्षति पुर्याउँछ। यसले दीगो ऊर्जा उत्पादनमा बाधा पुर्याउँछ र ऊर्जा सुरक्षालाई जोखिममा पार्दछ।
पर्यावरणीय असन्तुलन पनि यसको अर्को गम्भीर असर हो। हिमाली नदी प्रणालीको अस्थिरताले जैविक विविधता र पारिस्थितिक सन्तुलनमा नकारात्मक प्रभाव पार्छ। माछा र अन्य जलजन्तुको जीवनचक्र प्रभावित हुन्छ, हिमाली वन र चराचर प्रजातिहरू संकटमा पर्छन्। यसले स्थानीय पारिस्थितिकी प्रणालीलाई दीर्घकालीन चुनौती दिन्छ र प्राकृतिक स्रोतहरूको सतत् व्यवस्थापनमा बाधा पुर्याउँछ।
सामाजिक–आर्थिक क्षेत्रमा पनि असर गम्भीर हुन्छ। जलस्रोतको असन्तुलनले समुदायमा रोजगारी, पर्यटन, स्थानीय उद्योग र आवासीय क्षेत्रहरूमा प्रत्यक्ष प्रभाव पार्दछ। बाढी र खडेरीले जीवनयापन कठिन बनाउँछ, र यसले विस्थापन तथा आप्रवासनलाई बढावा दिन सक्छ। यसरी, जलस्रोतको अस्थिरता केवल वातावरणीय मात्र नभई सामाजिक र आर्थिक संरचनामा समेत दीर्घकालीन चुनौती निम्त्याउँछ।
हिमाली जलस्रोतको दीर्घकालीन संरक्षणका लागि बहुआयामिक रणनीति आवश्यक छ। स्मार्ट जल व्यवस्थापन यसको पहिलो उपाय हो। नदी र पोखरीमा पानीको संचय, सिँचाइ प्रणालीको सुधार र वर्षा–जल संकलन प्रविधिको विकासले असन्तुलनलाई कम गर्न सक्छ। यसले किसान, उद्योग र घरेलु प्रयोगकर्ताका लागि पानीको सुनिश्चितता बढाउँछ।
ग्लेसियर निगरानी र अनुसन्धानले असन्तुलनको कारण र जोखिमलाई बुझ्न सहयोग गर्छ। तापक्रम, हिमानी पिघलन दर र नदी प्रवाहको सतत् अध्ययनले आपत्कालीन योजना निर्माणमा मद्दत गर्दछ। वैज्ञानिक निगरानीले केवल वर्तमान अवस्थाको मूल्याङ्कन मात्र गर्दैन, भविष्यका सम्भावित जोखिमको पूर्वानुमानमा पनि सहयोग पुर्याउँछ।
सामुदायिक सहभागिता पनि अत्यन्त महत्वपूर्ण छ। स्थानीय समुदायलाई जलस्रोत संरक्षणमा सहभागी गराउने, पानीको उचित प्रयोग र पारिस्थितिक सचेतना बढाउने कार्यक्रमले दीर्घकालीन प्रभाव पार्दछ। समुदायसँग साझेदारीले केवल स्रोत संरक्षणमा सहयोग गर्दैन, बरु समाजमा दिगो सोच र जिम्मेवारीको भावना पनि विकास गर्छ।
नीति र कानुनको स्पष्टता पनि आवश्यक छ। जलस्रोत संरक्षणमा स्पष्ट नीति, कानुन र दीगो योजना हुनु अपरिहार्य छ। जलविद्युत, कृषि र पर्यटन परियोजनामा पर्यावरणीय असर मूल्याङ्कन अनिवार्य बनाउनु पर्दछ। यसले योजना र विकास परियोजनाहरूलाई दीगो र सुरक्षित बनाउँछ।
आधुनिक प्रविधिको उपयोगले असन्तुलनको निगरानी र व्यवस्थापनमा सहयोग पुर्याउँछ। ड्रोन्स, स्याटेलाइट, GIS र मौसम पूर्वानुमान उपकरणको प्रयोगले हिमानी असन्तुलन र नदी प्रवाहको सटीक अवलोकन गर्न सकिन्छ। यसले समयमै सतर्कता र आपतकालीन उपायहरू सुनिश्चित गर्ने क्षमता बढाउँछ।
नेपालमा हरितगृह ग्यास उत्सर्जनले “हरितगृह प्रभाव” सिर्जना गरी तापमान वृद्धि गराएको छ। ओजोन तहमा क्षति पनि देखिएको छ, जसले सूर्यको हानिकारक किरणहरू प्रत्यक्ष प्रवेश गराउँछ। देशभरका २,३०० भन्दा बढी हिमतालमध्ये धेरै उच्च जोखिममा छन्। हुम्लाको ताक्सो हिमताल फुट्दा आएको बाढी यसको उदाहरण हो। तापक्रम वृद्धिका कारण उच्च पहाडी क्षेत्रहरूमा चितुवा, बाघ, लामखुट्टे र अन्य जीवहरू देखा पर्न थालेका छन्, साथै आँप र लिची फल्न थालेको घटना पनि देखिन्छ।
तराईमा अत्यधिक ताप, पानीको अभाव, कृषिमा ह्रास, बालीनालीको क्षति र खाद्य संकट बढ्दैछ। चुरे क्षेत्रको दोहनले भूमिगत जलस्रोत घटाएको छ। बेमौसमी वर्षा, असिनापात, खडेरी र अनियमित वर्षाले कृषकको आय घटाएको छ। स्वास्थ्यमा पनि असर परेको छ—मलेरिया, डेंगु, जापानिज इन्सेफलाइटिस, मिर्गौला समस्या, कुपोषण र अन्धोपन तीव्र रूपमा फैलिएका छन्।
विकासोन्मुख राष्ट्रहरूले कम मात्र ग्यास उत्सर्जन गरे तापनि नेपालजस्ता मुलुक बढी असर भोग्दै छन्। जलवायु संकटको समाधान बहुआयामिक रणनीति आवश्यक छ। पेट्रोलियम आधारित इन्धनको प्रयोग घटाउँदै नवीकरणीय उर्जा—जलविद्युत, सौर्य, वायु—मा जोड दिनुपर्छ। वन संरक्षण, वृक्षारोपण र सिमसार क्षेत्रको संरक्षण अनिवार्य छ। शहरी विकास योजनाबद्ध हुनुपर्छ, सार्वजनिक यातायात प्रवर्द्धन र प्रदूषण नियन्त्रण गरिनुपर्छ। वर्षा पानी सङ्कलन, जलस्रोत संरक्षण र अनुकूलन रणनीतिहरू अपनाएर विपद् जोखिम न्यूनीकरण र नागरिक चेतना अभिवृद्धि गर्नुपर्छ।
हिमाली पारिस्थितिकीमा जलवायु परिवर्तनले ल्याएको संकट वातावरणीय चुनौती मात्र होइन, मानव जीवन, जैविक विविधता र आर्थिक विकासको दीर्घकालीन संकट पनि हो। यसको सामना गर्न नीति, प्रविधि र जनचेतनाको संयोजन आवश्यक छ। समयमै प्रभावकारी कदम चालिएमा मात्र हिमाल, मानव जाति र समग्र पारिस्थितिकीको दीगो सुरक्षा सम्भव छ।
जलवायु परिवर्तन वातावरणीय मुद्दा मात्र होइन, यो आर्थिक, सामाजिक, स्वास्थ्य र अन्तर्राष्ट्रिय न्यायसँग जोडिएको गम्भीर संकट हो। यसको असर अहिलेको पुस्तामात्र होइन, आगामी पुस्तालाई पनि विनाशको दैलोसम्म पुर्याउन सक्नेछ। अतः यसका समाधानका लागि व्यक्तिगत, राष्ट्रिय र वैश्विक तहमा सामूहिक प्रयास अपरिहार्य छ। विशेषतः नेपालले नवीकरणीय उर्जा, वातावरणमैत्री विकास, र अन्तर्राष्ट्रिय सहयोगद्वारा जलवायु न्याय सुनिश्चित गर्नुपर्ने समय आएको छ।हिमाली जलस्रोत सामाजिक, आर्थिक, वातावरणीय र सांस्कृतिक जीवनको आधार हो। जलस्रोतको असन्तुलनले दीगो विकासमा गम्भीर जोखिम निम्त्याउँछ। पानीको अभाव, बाढी, ग्लेसियर पिघलन र नदी प्रवाह अस्थिरताले कृषि, ऊर्जा, पर्यावरण र मानव जीवनलाई प्रत्यक्ष असर गर्छ।
निष्कर्षमा, हिमाली पारिस्थितिकी जलवायु परिवर्तनको प्रत्यक्ष शिकार बनेको छ। ग्लेसियर पग्लनु, जैविक विविधताको संकट, र स्थानीय समुदायमा जीवनशैलीको अस्थिरता यस संकटका मुख्य पक्ष हुन्। यसलाई कम गर्न संरक्षण, दिगो वन व्यवस्थापन, जलस्रोत योजना, र स्थानीय समुदायको सहभागितामा आधारित रणनीति आवश्यक छ। यदि समयमै प्रभावकारी कदम चालिएन भने, हिमाली पारिस्थितिकीमा आएको यो संकट दीर्घकालीन र अकल्पनीय परिणाम ल्याउन सक्छ।यसको सामना गर्न नीति निर्माताले दीर्घकालीन योजना बनाउनु, वैज्ञानिक अध्ययन र प्रविधिको प्रयोग गर्नु, स्थानीय समुदायसँग साझेदारी गर्नु र कानुनी संरचना मजबूत गर्नु अनिवार्य छ। यसरी नै हिमाली जलस्रोत सुरक्षित रहन्छ, दीगो विकास सम्भव हुन्छ र भविष्यका पुस्ताका लागि शान्तिपूर्ण, समृद्ध र सन्तुलित वातावरण सुनिश्चित गर्न सकिन्छ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्ं)

































