नायिका वर्षा राउत र संजोग कोइरालाको वैवाहिक सम्बन्धमा आएको तनाव अब साम्य भएको संकेत

5.2K
shares
national life insurances
Nabil bank

काठमाडौं । नायिका वर्षा राउत र उनका श्रीमान् संजोग कोइरालाबीच केही दिनदेखि उत्पन्न वैवाहिक तनाव अहिले भने क्रमशः कम हुँदै गएको देखिएको छ। दुबै जनाले सामाजिक सञ्जालमार्फत र सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिले उनीहरूबीच फेरि विश्वासको वातावरण बनेको सङ्केत गरेको छ।

केही दिनअघि वर्षाले इन्स्टाग्राममा गरेको भावनात्मक पोस्टमा उनले श्रीमान् संजोगको अन्य युवतीसँगको निकटता सम्बन्धी संकेत दिएकी थिइन्, जसका कारण उनका फ्यान र शुभचिन्तकहरूबीच चिन्ता व्याप्त भएको थियो। त्यसपछि संजोगले फेसबुकमार्फत भावनात्मक प्रतिक्रिया दिँदै आफूले त्यसबारेमा धेरै कुरा भन्न नचाहेको जनाएका थिए।

तर पछिल्ला दिनमा परिस्थिति सहज हुँदै गएको वर्षाले स्वयम् स्पष्ट पारेकी छन्। आफ्नो नयाँ चलचित्र ‘हर्ष’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएकी वर्षाले सोही विषयमा सञ्चारकर्मीले सोध्दा प्रतिक्रिया दिँदै भनिन्–

“त्यो बेला म एकदमै इमोशनल फेजमा थिएँ। १५ मिनेटमै हामी दुवै ‘काम’ (शान्त) भइसकेका थियौं। तर पोस्ट सर्कुलेट भएपछि कुरा ठूलो भयो। अहिले हामी दुवै गुड स्पेसमा छौं, अहिले ठीक छ, हेर्दै जाउँ के हुन्छ।”

वर्षाले थपिन्, “यदि परिवारले साथ दिएको छ भने कुनै समस्याले फरक पार्दैन। परिवारले पनि साथ दियो भने परिस्थिति सहज हुन्छ। अहिले सबै कुरा ठीक दिशामा छन्।”त्यसैगरी, वर्षाले आफ्नो शरीरमा देखिएका धर्साहरूलाई लिएर केही युट्युब च्यानलहरूले ‘कुटपिटको डाम’ भन्दै भ्रामक प्रचार गरेकोप्रति असन्तुष्टि जनाएकी छन्। उनले स्पष्ट पारिन्– ती धर्सा पहिलेदेखिकै हुन्, र आफूमाथि हिंसाको आरोप पूर्णरूपमा गलत हो।

उता संजोग कोइरालाले पनि सामाजिक सञ्जालमार्फत ‘सब ठीक छ’ भन्ने सन्देश दिएका छन्। उनले वर्षाको नयाँ चलचित्र ‘हर्ष’को ट्रेलर सेयर गर्दै वर्षाको पेशागत यात्रामा समर्थन जनाएका छन्।संजोगले आज अर्को पोस्टमार्फत मिडियामा भइरहेको सनसनीपूर्ण प्रचारप्रति आफ्नो पीडा पोख्दै लेखेका छन्–

“देखेको कुरा सत्य हुँदैन, भएको कुराको तथ्य खोजिँदैन… कसैको व्यक्तिगत जीवनलाई मनोरञ्जन बनाउने खेल चलेको छ। हुँदै नभएको कुरालाई पनि जबर्जस्ती सनसनी बनाइएको छ।”

पोस्टको अन्त्यमा उनले लेखेका छन्–

“यदि मैले लेखेको कुरा बुझ्न सकिँदैन भने, गलत एकाउन्ट फलो गर्नुभएको छ। यो बुझाउने वा सम्झाउने ठाउँ होइन, अनफलो गर्नुभए हुन्छ।”

उनीहरूको यी अभिव्यक्तिहरूले वर्षा र संजोगबीचको सम्बन्ध अहिले पुनः सामान्य बन्दै गएको र परिवारको सहयोगमा दुबै जनाले आफ्नो वैवाहिक जीवनलाई पुनः स्थिर बनाउने प्रयास गरिरहेका छन् भन्ने संकेत गरेको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited