उपसचिव भीमकान्तः मन्त्रालयमा हाजिर, मालपोतमा अवैध उठौतीको सेटिङ्ग

3.3K
shares

 

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयमा कार्यरत प्रशासकीय अधिकृत भीमकान्त पौडेलमाथि पछिल्लो समय विभिन्न सेटिङ, बार्गेनिङ र अवैध असुली गरेको आरोप सार्वजनिक हुँदै आएको छ ।

 

 

मन्त्रालयभित्रका केही कर्मचारी र सेवाग्राहीहरूले पौडेलको गतिविधिबारे गुनासो गर्दै आएपछि उनको अवैध काम पुनः चर्चामा आएको हो । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मन्त्रालयमा आउनुअघि भारत–नेपाल सीमा क्षेत्रमा व्यापारमा संलग्न रहेको थिए । सोही क्रममा विराटनगरमा तत्कालीन पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे तथा प्रशासकीय अधिकृत भीमकान्त पौडेलसँग उनको घनिष्ठता बनेको थियो । यही सम्बन्धका कारण गुप्ता मन्त्री बनेपछि दुवै जनालाई मन्त्रालयमा जिम्मेवारीसहित ल्याएको दाबी गरिन्छ ।

 

तर मन्त्रालयभित्र पौडेल र घिमिरेको ‘सेटिङ’मा पछिल्लो समय बिचौलिया प्रमोद खड्काको प्रभाव बढेर अवैध काम खुवै हुन थालेको छ ।
फाइल लुकाएको, चिठी बाहिर पठाएको आरोप लगाउँदै दिनहुँ कर्मचारीहरु मन्त्रालय आसपासमा गुनासो गरिरहेका हुन्छन् । पौडेलले मन्त्रालयमा निर्णय भएका कागजातहरू घरसम्म लैजाने, फाइल रोक्ने, सरुवा सम्बन्धी चिठीहरू सामाजिक सञ्जाल मार्फत कर्मचारीलाई पठाउने र त्यसलाई आधार बनाएर बार्गेनिङ गर्ने जस्ता गतिविधि भएको आरोप कर्मचारीहरूले लगाएका छन् ।

 

एक मालपोत कार्यालयका सुब्बाका अनुसार, पौडेलले ‘तिम्रो सरुवा हुँदैछ’ भन्दै फोन गर्ने, म्यासेज गर्ने, अनि सरुवा मिलाउन पैसा लाग्छ भन्नेजस्ता कुरा गर्ने गरेका छन् ।
मन्त्रालयमा हाजिर, तर बाहिर असुली गर्ने आरोप पौडेललाई छ । मन्त्रालयका कर्मचारीका अनुसार पौडेल नियमित रूपमा सामान्य प्रशासन मन्त्रालयमा हाजिर गर्ने अनि दिनभर विभिन्न मालपोत कार्यालयमा पुगेर सरुवाको सेटिङ्ग मिलाउने काममा लागेका छन् ।

 

एक प्रशासकीय प्रमुखले भने, मन्त्रीदेखि सचिवसम्मको मिटिङ सकिनासाथ पौडेलले प्रशासकीय प्रमुखहरूलाई ‘तपाईंको सरुवा हुँदैछ’ भन्दै फोन गर्ने गरेका छन् ।
पूर्वमन्त्री गुप्ता, पूर्वमन्त्री भगवती न्यौपाने र हालका मन्त्रीले समेत पौडेललाई मन्त्रालयबाट हटाउन कठिनाइ परेको अवस्था छ । उनको “सेटिङ मिलाउने क्षमता” भएको कारण उनी लामोसमयसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा हालिमुहाली गरिरहेका छन् ।

 

पौडेलले मन्त्रालयबाट बाहिर धेरै सम्पर्क र प्रभाव प्रयोग गरिरहेको भए पनि कुनै कारवाही नहुँदा सचिव र विभागीय नेतृत्वलाई पनि प्रभावमा पारेको शंका गरिएको छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

 

मन्त्रीले घुस ‘डिल’ गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव झनै रकमी 

civil hospital
Hams Hospitals