लघुकथा : दुर्दशा

1.3K
shares
national life insurances
Nabil bank

के हुँदैछ,यो देशमा ?

तादीको त्यो आन्दोलन बिर्सन सकेको छैन, फेरि एकाबिहानै के समाचार सुन्नुपरेको हो । असन्तुष्टि पनि के साह्रो हो, एकपछि अर्को ? शान्तिले बाँच्न नपाइने भो, कहिले के भनेछ, कहिले के भनेछ ? बुढाले बुढीसित गुनासो पोखे ।

 

होतनि, “कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझै पो भएछ, हिजोआज  ! एउटाले एकथोक भनेछ, अर्कोले फेरि अर्को भनेछ । यो बेमेलको अन्त्य कहिले हुन्छ ?” उनी चर्किएर बोलिन् ।

 

फेरि उनी फत्फताउन थालिन, ” आज ठुले शहरबाट आउँने कुरा गर्दै थियो । कतिखेर आउँछ ?  गाडी चल्छन्, चल्दैन बुझ्दै गर्नोस् है ।”

 

बुढा, रेडियोको आवाज मन्द बनाउँदै फोन लगाए तर फोन अफ थियो । चार्ज सकिएछ क्यारे भन्दै बुढीलाई सान्त्वना दिए ।

 

उनको मन अतालियो, भनिन्,  “साथीहरूलाई सोध्नुहोस् ! के छ  आउँने कुरा ?”

 

आइहाल्छ नि,  पिर नगर भन्दै सम्झाउँदै, “आज तोरी उखेल्ने भनेको म बारीतिर जान्छु । सम्पर्क भए म खबर गरूला, भन्दै निस्कन के लागेका थिए ?”

 

त्यतिकैमा माथ्लाघरे सुभाष शिथिल हुँदै आयो र मलिन स्वरमा भन्यो, ” आन्दोलनमा, टाउकामा गोली लागेर ठुले अब रहेन काका !”

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited