लघुकथा : होडबाजी

936
shares
national life insurances
Nabil bank

 

 

शृङ्गार कक्षमा भनाभन चल्यो ।

टेबुलमा मिलाएर राखेका शृङ्गारका सामग्रीमा एकाएक मतभेद सुरु भयो । आपसमा बाझिन थाले, तभन्दा म के कम भन्दै आ-आफ्नो तर्क राख्न व्यस्त देखिन्थे ।

 

फाउन्डेसन क्रिमले भन्यो, ” म नहुँदो हो त, मान्छे के गर्दा हुन् ? मान्छे पाषाण युगमै फर्कन्थे होला, आहा ! आज चिटिक्क परेर खुम्चिएको अनुहार तनक्क तन्काएर हिँडेका छन् ।” उसले ङिच्च दाँत देखायो ।

 

भो- भो, धेरै फुर्ती लगाउँन पर्दैन । गाजलले,  “अनुहारमा सोह्र शृङ्गार गरेता पनि म नभए खल्लो हुन्छ, बुझ्यौ ।” ऊ जिब्रो लोप्राउँदै बोल्यो ।

 

लिपिस्टिक उदाङ्गो हुँदै,  “तिमीहरू के कुरा गर्छौ ? महिलाको सुन्दरता भनेकै मै हुँ । यदि म उपस्थित नभए अनुहार फुस्रो, हेर्नै नहुने हुन्छ ।” ऊ कड्कियो

 

मेहन्दीले पनि तर्क राख्यो, ” विवाह, उत्सव जस्ता शुभकार्यमा मेरो अगाडि सबैले हात तेर्स्याउँन्, म नभए सब अपूर्ण हुन्छ ।” ऊ किच्च हाँस्यो

 

सेन्ट रवाफिलो स्वरमा बोल्यो, “मेरो उपस्थिति बिना शृङ्गार अपुरो छ । जति सजिएनि अन्तिममा फिनिसिङ मैबाट हुने हो, क्यार ! मेरो स्पर्शको सुगन्ध, आहा !” ऊ मख्ख थियो ।

 

गहना मुसुक्क हाँस्दै,  “मेरो महत्त्व हेर त रातारात कहाँबाट कहाँ पुग्यो ? म नभइ विवाह हुदैन् । मेरो उपस्थितिले मात्र पनि मान्छेको हैसियत थाहा हुन्छ ।” उसले व्यङ्ग्य कस्यो ।

 

सबै सुनिरहेको नाइसिल पाउडर गहन हुँदै भन्यो, “मान्छे कर्मले महान हुन्छ, के चिहानमा तिमीहरूलाई कसैले सम्झन्छ त ?”

 

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

 

 

 

 

 

 

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited