सामान्य प्रशासन मन्त्रालयमा पहिलो महिला सचिव नियुक्त,महिलामय बन्यो मन्त्रालय

4.2K
shares

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो पटक महिला सचिव पाएको छ। कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई सोमबार मन्त्रालयको सचिवमा सरुवा गरिएको हो। यससँगै मन्त्रालयमा कार्यरत रबिलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ।

सचिव पौडेलको नियुक्तिसँगै मन्त्रालयका महत्वपूर्ण महाशाखाहरूमा पनि महिला नेतृत्व पुगेको छ।

  • कर्मचारी महाशाखा प्रमुख पार्वती शर्मा,

  • योजना महाशाखा प्रमुख (प्रवक्ता) नीता पोखरेल अर्याल,

  • प्रशासन सुधार महाशाखा प्रमुख मीरा आचार्य।

यसरी सचिवसहित तीन सहसचिव महिला भएका छन्, जुन मन्त्रालयको लागि दुर्लभ अवसर मानिएको छ। महिला नेतृत्वले मन्त्रालयमा सशक्तिकरण, पारदर्शिता र सकारात्मक वातावरण ल्याउने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals