मुख्यसचिव अर्यालका २५ प्राथमिकताः निर्वाचन निष्पक्ष र सुशासन उच्च प्राथमिकता

1.7K
shares
national life insurances
Nabil bank

काठमाडौँ । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले आफ्नो कार्यकालका २५ बुँदे प्राथमिकता सार्वजनिक गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन र भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्था कायम गर्नु उच्च प्राथमिकतामा रहेको बताएका छन्।

अर्यालले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षासँग सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यसचिव पद बहालीपछि मन्त्रालयका सचिव र कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, “सरकारका काँधमा रहेका यी दुई जिम्मेवारी—निर्वाचन सम्पन्न गराउने र सुशासन कायम गर्ने—पूरा गर्न प्रशासन पूर्ण रूपमा सक्रिय र जिम्मेवार हुन आवश्यक छ।”

उनी जेनजी पुस्ताले २३ र २४ भदौमा उठाएका असली र उत्तरदायी शासनका मागलाई ध्यानमा राख्दै निजामती सेवा आधुनिक प्रविधिमा आधारित, नतिजामुखी र जनउत्तरदायी प्रणालीको रूपमा विकास गर्न नेतृत्व तहमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited