लघुकथा : परिधि

15.6K
shares
Nabil bank

मित्रता प्रगाढ थियो ।

म खाली टाउको हल्लाउँने र सही थाप्ने गर्थे । ऊ जे भन्थ्यो म खुरूखुरू गर्थे । ऊ आफ्नो स्वार्थ अनुसार नचाउँथे, नाच्थे । हरबखत उपस्थित रहने र उसको वरिपरि घुम्थे ।  मलाई लाग्थ्यो, ऊ मभन्दा ठुलो हो ।

समय बित्दै गयो, उसको दाहिने हात भएछु । उसले स्वार्थको माया देखाउँथ्यो । म  वास्तविक ठान्थे जुन भ्रम रहेछ । म सोचमग्न थिएँ ।

 

मलाई लाग्यो, अरूका लागि कति बाँच्नु ? म उसँग बिस्तारै टाढिन थालेँ । थाहा थिएन तर आफ्नो पहिचान खोज्ने भएछु । म आफ्नै काममा रम्न थालेँ, आफ्नै अन्तर्मनलाई साथी बनाई कुरा गर्न थालेछु । जति बाहिरी परिवेशसँग टाढिए त्यत्ति नवीन विचार पस्कन थालेछु ।

 

अब उसले मलाई खोज्ने भएछु । किन, के, कसरी अनि कस्तो प्रश्न गुन्जन थाल्यो ? जुन म सुन्थेँ तर मौन थिएँ । हल्का मुस्कानले टार्थे, मेरो लक्ष्य  जवाफमा थिएन ।

 

नयाँ अनुहारहरूसँग परिचित हुँन थालेँ । जसबाट केही नवीन शैली भित्र्याएँ । फरकपनको आभास, सिक्ने, सिकाउँने माहोलमा व्यस्तता देखाएँ ।

 

उसँग एक्कासी ! बाटोमा भेट भयो । उसले छेड हान्यो, ” ओहो ! के साह्रो भाउ बढेको हो, कुन्नि ? भेटघाट, बोलीचाली केही छैन….यस्तै- यस्तै ?” उसले विगत कोट्यायो ।

 

मसँग जवाफ थिएन न रिस, न डाह, शान्त थिएँ । त्यो व्यवहार उसलाई सहिनसक्नु भएछ । फेरि, “विगत र आज दाँज्न पुग्यो,  ऊ ममा खोज्दै थियो,पहिलाकै यस म्याम ।”

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x