Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

दश हाइकु

1.2K
shares

१.
शक्ति चम्किन्छ
नैतिकता ओझेल
आत्मा रोइरह्यो

२.
नीति हरायो
सिंहासनको धुवाँ
सत्य दमित छ

३.
भीडको नारा
विवेकभन्दा ठूलो
मन अन्धकार

४.
नेताका शब्द
भावनाविहीन भए
शून्य मुस्कान

५.
झूटको जयघोष
मौन सत्यको छाया
इतिहास लेख्यो

६.
डरको शासन
करुणा चिच्याउँदै
मन काँपिरह्यो

७.
घृणाको राजनीति
प्रेमको खोजीमा
मानव विलायो

८.
नैतिक दीप बल्यो
अन्धकार चिरेर
उदायो आशा

९.
शिक्षाले सिकायो
मानवताको मूल्य
फुल्यो विवेक

१०.
चेतना जाग्यो
नयाँ युग सुरु
शान्ति उदायो

 

civil hospital
Hams Hospitals