सरकारको विकास नीति विवादित: पूर्व सचिव मैनालीद्वारा अर्थमन्त्री खनालको कडा आलोचना

3.5K
shares

काठमाडौँ । पूर्व सचिव गोपी मैनालीले अर्थमन्त्री रामेश्वर खनाललाई “अहिलेसम्म पनि निन्द्रामै रहेको” भन्दै कडा टिप्पणी गरेका छन्। एक कार्यक्रममा बोल्दै मैनालीले मन्त्री खनाल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ह्याङओभर’ बाट ननिस्किएको आरोप समेत लगाए।

 

मैनालीले भने“रामेश्वरजी, तपाईं अझै पनि निद्रामै हुनुहुँदो रहेछ। तपाईंका प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवा वा प्रचण्ड होइनन्। तपाईं माननीय सुशिला कार्कीको प्रधानमन्त्रीत्वमा हुनुहुन्छ।”

 

टुक्रे योजना काटेको निर्णयप्रति तीव्र प्रतिक्रिया

 

अर्थमन्त्री खनालले टुक्रे योजना (छरितो-साना विकास योजना) कटौती गरेको निर्णयप्रति मैनालीले कडा आपत्ति जनाउँदै भने।

“तपाईं जुरुक्क उठ्नेबित्तिकै केपीजीको अनुहारै देख्नुहुन्छ। त्यही ह्याङओभरमा गएर टुक्रे योजना काट्नुभयो। यो देश विकासको हितमा छैन।”

 

उनका अनुसार टुक्रे योजनाले कांग्रेस–कम्युनिस्टका कार्यकर्ता पालिएको जस्तो देखिए पनि स्थानीय विकासका लागि आवश्यक आधारभूत काम हुने भएकाले त्यसको बजेट कटौती गर्नु गलत भएको दाबी गरे।

 

“जनताको विकास बजेट काटेर सस्तो लोकप्रियता खोजियो”

 

मैनालीले मन्त्री खनालले कुलो खन्ने, विद्यालयको गारो लगाउने जस्ता स्थानीय विकास कार्यका बजेट कटौती गरी “सस्तो लोकप्रियता” खोजेको आरोप लगाए।

 

उनले भने,“तपाईंले विकास निर्माणको पैसा घटाउनुभयो, तर नेताहरूले खाने ११ अर्ब हाराहारीको तलब, सुविधाहरू, कर्मचारीका अनावश्यक भत्ता कटौतीमा चासो देखाउन सक्नुभएको छैन।”

 

प्रशासनिक खर्च नै मुख्य समस्या भएको दाबी

 

मैनालीका अनुसार नेपालको अर्थतन्त्र सेक्टरल प्लानिङ इकोनोमिक्स मा आधारित भएकाले विकास निर्माण बजेट कम गर्नु होइन, अनावश्यक प्रशासनिक खर्च कटौती गर्नु जरुरी रहेको उल्लेख गरे।

 

उनले सरकारलाई प्राथमिकता निर्धारण गलत भएको आरोप लगाउँदै अर्थमन्त्रीलाई नीतिगत स्पष्टता राख्न सुझाव दिए।

civil hospital
Hams Hospitals