‘रित्तो गाउँ’ म्युजिक भिडियोले सामाजिक सन्देशसँगै दर्शकमा ल्यायो नयाँ चर्चा

4.5K
shares
national life insurances
Nabil bank

काठमाडौं। शुभदिप म्युजिकको ब्यानरमा बनेको दीप बञ्जाराको नयाँ प्रस्तुति ‘रित्तो गाउँ’ हालै सार्वजनिक भएपछि विभिन्न सामाजिक सञ्जालमा निकै चर्चा बटुल्दै गएको छ। गाउँका युवाहरु वैदेशिक रोजगारीका कारण परदेशिन बाध्य भइरहेका कारण बिथोलिँदै गएको सामाजिक संरचना, अभिभावकहरूको एक्लोपन, र गाउँ बस्तीको वास्तविक अवस्थालाई मार्मिक ढंगले म्युजिक भिडियोले प्रस्तुत गरेको छ।

गायक अजित खड्का र प्रविसा श्रेष्ठको स्वरमा तयार भएको गीतलाई निर्देशक केशवराज भट्टले निर्देशन गरेका छन्। भट्टले ग्रामीण परिवेश, समसामयिक समस्या र मौलिक कथा–वस्तुलाई आकर्षक दृश्यांकनमार्फत भिडियोमा उतारेका छन्। भिडियोलाई दर्शकले भावनात्मक र यथार्थपरक कथन भनेर सराहिरहेका छन्।

भिडियोमा चर्चित मोडल मुकुन्द भट्ट र दीपिका थापा (नाता सिरियलकी ‘मुना’) को दमदार अभिनय देख्न सकिन्छ। ग्रामीण जीवन, परिवारको बिछोड, संघर्ष र समाजमा भइरहेको जनशून्यताको विषयलाई उनीहरूले अत्यन्त प्रभावकारी रूपमा अभिव्यक्त गरेका छन्। छायांकन अमन बडुले सम्भालेका छन्।

गीतका निर्माता तथा प्रस्तुतकर्ता दीप बञ्जाराले यसपटक आफुले फरक ढंगको सामाजिक सन्देशमूलक काम गरेको बताउँदै सम्पूर्ण प्राविधिक तथा कलाकार टोलीको परिश्रमले भिडियो सफल हुन पुगेको बताए। उनले आगामी दिनमा पनि सामाजिक चेतनामूलक तथा समसामयिक विषयमा प्रस्तुतिहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे।

मोडेल मुकुन्द भट्टले ‘रित्तो गाउँ’ आफूले खेलेका भिडियोमध्ये अत्यन्त मनपराएको काम भएको उल्लेख गर्दै यसले आफ्नो जीवनका संघर्षसँग पनि केही अंश मेल खाने बताए। उनले दर्शकको माया र समर्थनले आफूलाई अझ राम्रो काम गर्न प्रेरणा मिल्ने बताए।

डेकेन्द्र श्रेष्ठको शब्द तथा संगीतमा बनेको यो गीत शुभदिप म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। टिकटक तथा सार्वजनिक सञ्जालमा पनि गीतका क्लिपहरू तीव्र रुपमा भायरल हुँदै छन्।निर्माता दीप बञ्जाराका अनुसार **‘रित्तो गाउँ’**ले आफ्नै गाउँ, पाखापखेराका कथा बोकेको हुँदा यसले सबै दर्शक–श्रोताको मनमा अमिट छाप छोड्ने विश्वास गरिएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited