१७१ नायब सुब्बाको सरुवा

2.2K
shares

काठमाडौँ। भन्सार विभागले नेपाल प्रशासन सेवा, राजस्व समूहअन्तर्गतका १७१ जना नायब सुब्बा (नासु) को सरुवा गरेको छ। विभागले नियमित प्रशासनिक व्यवस्थापन तथा कार्यसञ्चालनलाई चुस्त बनाउन ठूलो संख्यामा नासुहरूको सरुवा गरेको जनाएको छ।

सरुवा भएका कर्मचारीहरूलाई विभिन्न भन्सार कार्यालय तथा मातहतका निकायहरूमा पुनःस्थापन गरिएको छ। विभागका अनुसार सरुवा कार्य परिपत्रका आधारमा गरिएको हो।

civil hospital
Hams Hospitals