लघुकथा : भाडा

18.2K
shares
Nabil bank

केही समयको प्रतिक्षापछि बस रोकियो ।

 

म बसमा चढेँ । यात्रीहरूको खचाखच भिड थियो । सहचालक सिट मिलाउँनमा व्यस्त देखिन्थे । सबैलाई भन्दै थिए मिलेर बस्नोस्, एकछिनमा सिट खाली हुन्छ ।

 

फेरि अर्को चोकमा गाडी रोकियो । हात हल्लाउँदै सोध्दै थिए, “कहाँ जाने ?” यात्री थपिए, भन्न थाले, “अलि पछाडि जानोस्, मिलेर बस्नोस् ।” पुन: तिनै वाक्यांश दोहोर्‍याए ।

 

यात्री उभिएका छन्, बस्ने ठाउँ छैन । सहचालक फेरि कराए, ” पछाडि सर्नोस्, मिलेर बस्नोस्, हतार सबलाई छ, जानुछ ।” उनी मिलाउँन थाले

 

उनी भिडलाई छिचोल्दै  उठाउँन थाले, कोट्याउँदै भन्दै थिए, ” भाडा दिनोस् त ?”

 

महिला सिट नपाएर एक घण्टादेखि उभिएको थिइन् । उनी रन्किइन, “के को भाडा ? पहिला सिट मिलाउँनोस्,सिट छ भनेको होइन ।” दुबैमा भनाभन चल्यो ।

 

सहचालकले देखाउँदै  “ऊ त्यो सिट एकछिनमा खाली हुन्छ अनि बस्नुहोला ।”

 

उनले रोष देखाउँदै दिइन्, बढी लिएछन् क्यार ! उनी चर्किइन्, “किन एकरूपता छैन, दुरी एउटै हो तर कोहीले कति त कोहीले कति, किन यस्तो ?” उनको आवाज ठुलो सुनियो

 

सहचालकले झिझिदै, ” तपाइँ झर्नोस् नत्र चुप लाग्नोस्, यत्तिनै हो ।” उनी ठाडै बोले र उनको आवाज दबाए ।

 

सबै मुखदर्शक थिए । पर्याकपुर्लुक मुखमा हेरे तर कसैको समर्थन गरेनन् ।

 

दुबैलाई प्रत्यक्ष नियाल्दै थिएँ, मेरो मन चिसो भयो र बोले, ” राज्यले उचित मापदण्ड अनुसारको भाडा र यात्री तोकिदिए त यो विवाद हुँने नै थिएन ।”

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x