कविता : इमान

15.8K
shares
Nabil bank

छोपेर नत छोपिन्छ

लुकाई नत लुक्दछ

कराई जति दबाऊ

शाश्वत सदा सत्य छ ।

 

फेरिन्छ सदा वसन्त

पालुवा नयाँ आउँछ

मुहार हुन्छ उज्यालो

चमक इमानको छ ।

 

नपार्न सक्छ तल त्यो

नतान्न सक्छ बलले

नपर्छ लोभमा कुनै

रहन्छ पो हिमाल झै ।

 

नदिन्छ आश न कुनै

नराख्छ द्वेषको भाव

नमाग्छ पसारी हात

देखिन्छ शान्त शालीन  ।

 

मरिने मनुष्य चोला

साँचेर नत साँचिन्छ

जोगाई जति राखेनी

माटोमै गई मिसिन्छ ।

 

स्वार्थ भन्दा माथि उठी

निश्वार्थ सेवा जोदिन्छ

उसको कर्मको फल

ईश्वर नित्य गर्दछ ।

 

फलको आशा नराखी

लालच माथि उठेर

गर्दछ नित्य साधना

युगको बन्छ चाहना ।

 

पखेटा जति फिजाऊ

नथाकी काम गरेनी

कमाऊ ख्याति अतिनै

नश्वर पर्यौ आखिर ।

 

तेरो मेरोको चाह उस्तै

लोभी भयो पापी मन

बुझ्दैन सत्य कहिल्यै

मर्नुनै छ कुनै दिन ।

 

शरीरमा रोग लागि

ओछ्यान थलिए पछि

नबुझ्नु बुझ्यो मनले

पछुतो मान्छ सज्जन ।

 

अज्ञानी भए जहिल्यै

गहिरो भाव सोचिन

कर्कलाको पानी सरी

झुटो रहेछ जीवन ।

 

नगरौँ कर्म अबेला

निश्वार्थ सेवा गरेर

नाटक रहेछ चोला

नफालौँ न त्यसै खेर ।।

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x