लघुकथा : अवसर
वि.सं.२०८२ मंसिर २३ मंगलवार
shares
जाने त विदेशै होला नि ?
गुडा धसेर पढेर जति राम्रो मार्क ल्याएनि, आखिरा विकल्प विदेशै हो, क्यार ! नेपाला नत राम्रो जागिर पाइन्छ, नत पारिश्रमिक नै । मरिमरि काम गर्यो, जहान पाल्न धौधौ ! उमा विरक्तिएको स्वरमा बोली
बडो ! फुटानी लागाउँथी सीताले । मेरो छोरो लेक्चर हो, एकछिन फुर्सद छैन,टन्न पैसा कमाउँछ, भन्थी तर त्यो पनि कुदेछ रे विदेशतिर । उसले जिब्रो लोप्य्राउँदै फेरि थपी ।
देशको परिस्थिति देखेर युवा बस्नै नमान्ने भए । भएका कलकारखाना सबै बन्द छन् । लगानी गर्यो सफल हुदैन कि भन्ने त्रास ! विदेशको झिलिमिलीले सबैको ध्यान खिँचेको छ, के गर्ने ? मैले निराशा व्यक्त गरेँ
त्यतिकैमा पधेँरामा सीता टुप्लुक्क आई र भन्न थाली, ” के को कानेखुसी हो, कस्का कुरा हुदैछन् ? उसले व्यङ्ग्य कसी
आयु त लामै छ क्या मोरीको, मर्दिनस् चाडै भन्दै उमा केही नरम स्वरमा, ” अतनि हेरन, अहिलेका केटाकेटीहरू त देशाआ बस्नै छाडे । जसलाई नि विदेशको भुत चडेछ, किन हो कुन्नी ?” उसले यथार्थता दर्शाई ।
सीता लामो सुस्केरा हाँल्दै, ” अचानोको पिर खुकुरीले जान्दैन, टाठाबाठा रहेछन् बस्ने त ! जो नेताको पछि लाग्छ, मान्छे चिनेको छ,त्यस्तालाई चाहिँ ठिकै छ तर सर्वहाराको रहेनछ देशनि ।” उसले दिग्दारी व्यक्त गरी
दुबैका कुरा सुनिरहेकी मैले खल्लो मान्दै बोले, “बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल कुहिने, परम्पराको अन्त्य भई विकासका मूल फुटेर अवसर पाए भने विदेश पलायन रोक्न सकिन्छ नत्र……।”
भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर

































