लघुकथा : अन्याय

13.8K
shares
Nabil bank

सबै मौन छन् ।

समाजमा मौलाएको अन्यायका विरुद्ध बोल्नेको आवाज दबिएको छ । सबलाई थाहा छ, तर मौनताको कालो बादल मडारिएको छ । हुँदा खाने र हुँनेखाने बिच विभेदको जालो यसरी फैलियो कि आज यो एक पुरातन परम्परा बन्न पुगेको छ ।

 

पढाइ सकेर शीला गाउँमै केही गरूला भनेर फर्किएकी छ । उसले भनी, ” किन हो, गाउँघर शून्य लागेको छ । साथीहरू कोही छैनन्, को कहाँ गयो ? अत्तोपत्तो छैन, महिला, बृद्ध अनि केटाकेटी मात्र छन् ।” ऊ निस्तेज अनुहारले काकीसँग मन्द स्वरमा बोली ।

 

काकी  उत्कण्ठाले भरिएको नजर जुधाउँदै, “होत कोही छैन, कोही बिरामी भए अस्पताल पुर्याउँने मान्छे छैन ? युवा जति खाडीमा नेता जति गाडीमा, भन्ने भनाइ चरितार्थ भएको छ । कस्ले बुझ्छ र मर्म ?” उनले वैराग्यता व्यक्त गरिन् ।

 

यत्तिकैमा चर्को आवाज सुनियो, उनीहरूले आवाजलाई पछ्याउँदै गए । पैसा हराएको विषयमा लडाइँ भएको रहेछ । एउटाले अर्कोलाई तथानाम भन्दै थियो । बलियोले निर्धोलाई दबाएको देखेर मिश्रित स्वरमा काकीले, “बेरोजगारीले निम्त्याएको गतिलो झापड हो ।” भन्दै लामो सुस्केरा हालिन् ।

 

फेरि काकीले, “अन्यायका विरुद्ध कोही त बोल्नु पर्यो, होइन भने न्याय सधैंका लागि मर्छ । गाउँ शून्य हुँनुको कारण यो पनि हो ।” उनले तिक्तता व्यक्त गरिन्

 

शीलाले यथार्थता बुझी र कर्कश भावमा बोली, “जो होचो उसको मुखमा घोचो  भनेझै हेप्नु त भएननि, खादै नखाएको विष कसरी लाग्छ हँ ?”

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x