वैदेशिक रोजगारीको नाममा ठगी, रोबिन जिआर र गीतामाया मगर पक्राउ
वि.सं.२०८२ पुस ८ मंगलवार
864
shares
shares
काठमाडौं ।पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो।
ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका–५ का रोबिन जिआर तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।
अभियुक्त रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख १० हजार र गीताले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट रु आठ लाख ४० हजार लिएका थिए। उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ।




























